केहीबेर विपक्षी दलको अवरोधपछि संसद सुचारु
नेपालबहस संवाददाता
फागुन १८, २०८० शुक्रबार ११:५३:१५
१८ फागुन, काठमाडौं । शुक्रबारको प्रतिनिधि सभाको बैठक सुरु भएसँगै विपक्षी दलले उठेर विरोध जनाएका छन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको खोजी गर्न माग गर्दै उठेर विरोध जनाएको थियो ।
संसदको शुक्रबार बसेको बैठकको सुरुमै विशेष समय लिएर बोलेका एमाले सांसद सूर्य थापाले सभामुखले रुलिङका बाबजुद प्रधानमन्त्री संसदमा नआएकोमा असन्तुष्टि जनाए । दुग्ध किसान, मिटरब्याजी पीडित, सहकारी पीडित सडकमा आएको भन्दै उनले भने, ‘सम्पूर्ण विषयमा सरकार जवाफदेही भएन, सरकार हरायो । प्रधानमत्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुपर्यो ।’
प्रधानमन्त्रीको खोजी गर्न उच्चस्तरीय समिति बनाउने हो कि संसद स्थगित गर्ने भनेर उनले प्रश्न गरे । सभामुख देवराज घिमिरेले सरकारलाई जवाफ दिन आफूले लिखित रुपमा रुलिङ गराएको जनाएका थिए ।
त्यसपछि सभामुखले २ मिनेटको समय दिएर सांसदहरूलाई बोल्ने समय दिएका छन । अहिले संसद बैठक जारी छ । शून्य समय चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार