रौतहटमा मापदण्डविपरीत दर्जनौं अस्पताल, सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड
नेपालबहस संवाददाता
फागुन १८, २०८० शुक्रबार ११:५४:९
१८ फागुन, रौतहट । रौतहटका विभिन्न स्थानमा मापदण्डविपरीत संचालनमा रहेका निजी अस्पतालमा नियमित अनुगमन नभएको गुनासो बढ्दै जान थालेको छ । यस्ता अस्पतालले सर्वसाधारणको स्वास्थ्य चेकजाँचका नाममा उनीहरुको स्वास्थ्य माथि खेलवाड गर्दै आएका छन् ।
गरुडा नगरपालिका, गौर नगरपालिका, वृन्दावन, चन्द्रपुर लगायतका नगरपालिकाहरुमा तथा यमुनामाई, दुर्गा भगवती गाउँपालिकामा संचालनमा रहेका निजी अस्पतालहरू मापदण्डविपरीत रहेको र अनुगमन गर्नुपर्ने सर्वसाधारणले माग राखेका छन् । केही दिन अघि यमुनामाई गाउँपालिकाको शुकदेव चोकमा रहेका सगरमाथा तराई अस्पतालमा विना शैक्षिक योग्यताको नक्कली चिकित्सक पक्राउ परेका थिए ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डअनुसार भौतिक पूर्वाधारसहितको वेल इक्युमेन्ट, दक्ष जनशक्ति भएपछि मात्रै निजी क्षेत्रमा अस्पताल संचालनको लागि इजाजत दिइने गरिन्छ । तर, रौतहटमा मापदण्डविपरीत नै दर्जनौं अस्पताल संचालनमा रहेका छन् ।
त्यति मात्रै नभई बर्षभरिको मूल्याङ्कन फारमको आधारमा नवीकरण गर्ने स्पष्ट प्रावधान रहेको भए पनि बिनाइजाजत, इजाजत लिए पनि वर्षौंदेखि नवीकरण नगराएको, बेड राख्ने अनुमति नलिई बेड राखेको छ, बेड राख्न अनुमति लिए पनि त्यसभन्दा धेरै बेड राखेर उपचारको आडमा गरिब असहाय विरामीहरूसँग अनावश्यक रुपमा रकम लुट्दै आएको गुनासो सर्वसाधारणको छ ।
यसै क्रममा गरुडा नगरपालिकामा १३ वटा निजी अस्पतालहरू संचालनमा रहेको गरुडा नगरपालिकाको स्वास्थ्य शाखाबाट बुझिएको छ । जसमा जनसेवा क्लीनिकले अस्थायी रुपमा स्वीकृति लिएर २०८० जेठ महिना र याशिम संजीविनी अस्प्ताल प्राली शिवनगरले २०८० मंसिर ६ मा नवीकरण गराएको गरुडा स्वास्थ्य शाखाको रेकर्डमा देखिन्छ । याशिम संजीविनीले १५ बेडको स्वीकृति लिएको भए पनि अन्य ११ वटा निजी अस्पतालको नवीकरण भएको देखिँदैनन् ।
आनन्द पोलिक्लीनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिएको देखिन्छ तर नवीकरण २०७६ फागुन १३ गते सम्म मात्रै भएको उक्त रेकर्डबाट बुझिएको छ । तर, आनन्द पोलिक्लिनिक एक्युपञ्चरको रेकर्डमा रहे पनि सो हस्पिटलमा पुग्दा आनन्द हस्पिटल प्रालि नाम राखेर संचालन गरेको पाइएको छ ।
बेड राख्ने प्रक्रिया पूरा नै नगरेर दर्जनौं बेड राखेर विरामीहरूको उपचार गरिरहेको छ । यहाँ सम्मकी भुईंमै राखेर बिरामीको उपचार गर्ने गरेको पाइएको छ । गाउँघरमा आफ्ना एजेन्टहरू मार्फत पक्षघात भएका बिरामीहरूलाई उक्त हस्पिटलमा ल्याएर उपचार गर्ने गरिन्छ । उक्त हस्पिटलका संचालक डाक्टर भनाउने उमेश जयसवालले विगत सात बर्षदेखि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्डविपरीत हस्पिटल संचालन गर्दै आए पनि सम्बन्धित निकाय केही गर्न नसकेको कारण सर्वसाधारण विरामीहरू लुटिन बाध्य बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
चालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार