चुरेलाई व्यापार बनाउँदा पानीको चरम समस्या
नेपालबहस संवाददाता
फागुन १८, २०८० शुक्रबार १६:२१:१८
♦ विशाल बस्नेत
१८ फागुन, महोत्तरी । चुरे दोहनले भूमिगत पानीमा समस्या बन्दै गएको भन्दै अभियान्ताहरुले चुरे क्षेत्रमा स्थलगत अन्तरक्रिया गरेका छन् । अनियन्त्रित दोहनले चुरेको दक्षिणी क्षेत्रमा बसोबास गर्ने मानिसहरूले पानीको चरम समस्या भोगिरहेको र निकट दिनमा थप समस्याबाट प्रताडित बन्नुपर्ने विषयलाई ध्यानाकर्षण गराउने उद्देश्यले चुरेमा अभियान्ताहरुले कार्यक्रम गरेका हुन् ।
महोत्तरीको उत्तरी क्षेत्र रातु नदीको तटिय क्षेत्रमा भएको कार्यक्रममा चुरे नै तराईको पानीको भण्डार भएको र यसको रक्षाका लागी पहिले त चुरे क्षेत्रका मानिस सचेत हुनुपर्ने सहभागीहरूले बताए ।
चुरे अभियान्ता सुनिल यादवले दिनानुदिन चुरे अतिक्रमण हुँदै जानु दुस्खद भएको बताए । पैसा कमाउने उद्देश्यले केही मानिसहरूले चुरेलाई व्यापार बनाउँदा समस्या सिर्जना हुँदै गएको उनको भनाई छ ।
संघीय सरकारलाई ध्यानाकर्षण गराउन यसअघि उनले चुरे संरक्षणको लागि ११ दिन लगाएर काठमाडौँसम्म पैदलयात्रासमेत गरेका थिए ।
बर्दिवास नगरपालिकाले दक्षिणका जनताको भविष्य बोकेको र यही क्षेत्रमा नै अनियन्त्रित दोहन हुनुले भविष्य संकटोन्मुख बनिरहेको अभियान्ताहरुको भनाइ छ ।
नदी उत्त्खननका नाममा रातुमा भएको उत्त्खननलाई लिएर पनि अभियन्ताहरुले चिन्ता व्यक्त गरेका छन् । अहिले रातु नदीमा मापदण्डविपरीत उत्खनन भइरहेको र यसलाई रोक्न सबजना एकजुट हुनुपर्ने प्रकृति एवं नदी संरक्षण अधिकार मञ्च महोत्तरीका अध्यक्ष निरोज अधिकारीले बताए ।
भूमिगत पानीमा समस्या मात्र हैन किसानहरु समेत विस्थापित बन्नुपर्ने अवस्था सिर्जना भएकोप्रति अधिकारीको भनाइमा सहमत जनाउँदै बर्दिवासका स्थानीय समाजसेवी शंकर फुयाँलले खोला उत्त्खनन पनि मुख्य समस्या रहेको औंल्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार