प्रभु महालक्ष्मी लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त
नेपालबहस संवाददाता
फागुन १८, २०८० शुक्रबार १७:१२:१०
१८ फागुन, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) बाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाईलाई बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा चिनिन्छ । प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरेको अनुभव छ ।
साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गर्दै गर्दा साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बीच मर्जर पश्चात् बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए ।
२०८० फागुन १८ गते शुक्रबार बसेको संचालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ति प्रदान गरेको छ । प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार