शालिनको हत्या विरुद्ध नेविसंघद्वारा संसद भवन अगाडि प्रदर्शन, विद्यार्थी नेताहरू पक्राउ
नेपालबहस संवाददाता
फागुन १८, २०८० शुक्रबार १८:२८:१०
१८ फागुन, काठमाडौं। चितवनमा बलात्कारपछि हत्या गरिएकी सुश्री शालिन पोखरेललाई न्याय दिन माग गर्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ। संघीय संसद भवन अगाडि बानेश्वरमा उनीहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा नेपाल प्रहरीले केही विद्यार्थी नेताहरूलाई पक्राउ समेत गरेको नेविसंघका केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिए ।
उनका अनुसार कैलालीका वासुदेव न्यौपाने, भक्तपुरका विवेक लामिछाने, सोलुखुम्बुकी पूजा फुयाँल, भक्तपुर बहुमुखी क्याम्पसका सुदीप ढुङ्गाना, मोहन कालाथोकी, पोखरा विश्वविद्यालयका सन्तोष आचार्य, मोहम्मद अफ्ताव नेपाली लगायतलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई तत्काल रिहा गर्न नेविसंघले माग गरेको छ।
शालिनका हत्यारा र बलात्कारीलाई तत्काल पक्राउ गरी कारबाही नगर्दासम्म नेवि संघले आन्दोलन थप चर्को बनाउँदै लैजाने नेविसंघका अर्का नेता सुभाष पौडेलले जानकारी दिए । नेवि संघले देशभरि नै प्रदर्शन गर्ने तयारी गरेको समेत उनको भनाइ छ ।
चितवनको रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्ययनरत १३ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको उनका आफन्तले दाबी गरेका छन्। घटनालाई दबाउने प्रयास नगर्न र पीडितलाई न्याय दिन नेविसंघले माग गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार