साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
नेपालबहस संवाददाता
फागुन २०, २०८० आइतबार १५:४०:४४
२० फागुन, काठमाडौं । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज 'नेप्से' परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ३० को बिन्दुमा कायम भएको हो ।
आज तीन सय नौ कम्पनीको ५५ लाख ७४ हजार दुई सय सात कित्ता ४५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ बराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन समूह शून्य दशमलव ५४ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूह दुई दशमलव ५२ र अन्य समूह एक दशमलव शून्य २ प्रतिशतले घटेको छ ।
आजको कारोबारपछि शेयर मूल्य बढेका कम्पनीहरुमा सबैभन्दा धेरै ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नौ दशमलव ७० र एनआईसी एसिया ग्रोथ फन्ड–२ को शेयर मूल्य आठ दशमलव ४५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ४९ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू १३ करोड २० लाख ४९ हजार पाँच सय ४० बराबरको दुई लाख ९२ हजार तीन सय २६ कित्ता शेयर कारोबार भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार