इण्डियन प्रिमियर लिग : सन्दीपको टिम दिल्ली शीर्ष स्थानमा
इन्द्र रिजाल
बैशाख १०, २०७६ मंगलबार १३:४४:४१
एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
सोमबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले राजस्थानलाई ६ विकेटले पराजित गरेको हो । तर, दिल्लीले राजस्थानविरुद्धको खेलमा सन्दीपलाई प्लेईङ सेटमा राखेन् ।
जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राजस्थानले दिएको १९२ रनको लक्ष्य दिल्लीले १९ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
दिल्लीको जितमा ऋषब पन्त र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका ऋषबले ७८ रनको योगदान दिए ।यस्तै धवनले ५४ रन जोड्दा पृथ्वी शले ४२ रन बनाए । राजस्थानका लागि श्रेयस गोपालले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो ।राजस्थानका लागि अजिंका रहानेले १०५ रनको शतकीय इनिङ्स खेले । अविजित रहेका रहानेले ६३ बलमा ११ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा स्टुवार्ड बिनीले १९ रन बनाए ।दिल्लीका कागीसो राबडाले २ विकेट लिए । यस्तै इशान शर्मा,क्रिस मोरिस र अक्षर पटेलले १र१ विकेट लिए ।
जितसंगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ११ खेलबाट १४ अंक जोडेको छ ।दिल्लीले चेन्नईलाई पछि पार्दै शीर्ष स्थान ओगेटेको हो । एक खेल कम खेलेको चेन्नईको पनि १४ अंक छ ।
पराजित राजस्थान पुछारबाट दोस्रो स्थानमा छ । राजस्थानले १० खेलमा ६ अंक जोडेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
टी-२० र टेस्ट क्रिकेट छोड्ने शकिब अल हसनको घोषणा
असोज १०, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार