तस्करीको सामानसहितको मालवाहक ट्रक र पिकअप पर्सा प्रहरी नियन्त्रणमा
आबिद हुसेन
फागुन २०, २०८० आइतबार १९:२४:५०
२० फागुन, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले तस्करीको सामान भित्र्याएको आशंकामा एउटा मालवाहक ट्रक र एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ।
कपडा र किताब गरी एक करोड ४२ लाख ७८ हजार १२० रुपैयाँ बराबरको सामान लिएर काठमाडौं जाँदै गरेको मालवाहक ट्रक र पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको हो।
वीरगन्जस्थित एकिकृत भन्सार जाँच चौकीबाट भन्सार जाँचपास भई भित्रिएको बीआर २२ जीए ४९१६ नम्बरको पिकअप र ना ४ ख ९८७ नम्बरको ट्रक शुक्रबार बेलुकी वीरगन्ज-२५ ड्राइपोर्ट चोकबाट नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
उनका अनुसार प्रहरीले शंका लागेर ती दुवै मालवाहक गाडी रोकेर चेकजाँच गर्दा बिलबिजकभन्दा बढी मूल्यको सामान भेटिएको तथा बिलबिजक लगायतका कागजात पनि शंकास्पद भएको देखिएपछि सामानसहितको दुवै गाडी नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएको सामानसहतको दुवै गाडीको थप अनुसन्धान तथा कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार