चन्द्रागिरिमा जडिबुटी प्रवर्द्धन गर्न स्रोत सर्वेक्षण
नेपालबहस संवाददाता
फागुन २१, २०८० सोमबार १३:२६:१
२१ फागुन, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटी प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । नगरपालिकाले चन्द्रागिरि ८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषाधालयलाई १५ शय्यामा स्तरोन्नति गरिसकेको छ ।
नगरपालिकाले सामुदायिक वनमा रहेका आयुर्वेदिक प्रजातिका सुगन्धवाला, चिराइतो, गुर्जो, तितेपाती, टिमुर, पाखानवेद, धासिङ्गरे, लौठसल्ला, पिपला र कौलोको संरक्षण, उपयोग एवं प्रवर्द्धन गर्न लागेको हो ।
यसका लागि नगरपालिकाले पहिलो पटक जडिबुटीको स्रोत सर्वेक्षण सम्पन्न समेत गराएको छ । चन्द्रागिरिले सङ्घीय सरकारको ‘जडीबुटी सर्वेक्षण मार्गदर्शन २०१२’ आधारमा विज्ञ टोलीमार्फत ‘चन्द्रागिरि नगर क्षेत्रभित्रका औषधिय तथा सुगन्धित जडिबुटीको वैज्ञानिक अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण’ गराएको हो ।
चन्द्रागिरिका १५ सामुदायिक वनमध्ये जडीबुटी क्षेत्र पहिचान गरेका विभिन्न आठ सामुदायिक वन सो सर्वेक्षणमा समेटिएका थिए । सो विज्ञसहितको टोलीले मसिने, चन्द्रागिरि, मच्छेनारायण, चुनदेवी, गुमालचौक सचेत महिला, काफलडाँडा, रातमाटेडाँडा, जमुनाडाँडा वनक्षेत्रमा अध्ययन गरेको थियो ।
ती वन क्षेत्रका सातसय १३ हेक्टरमध्ये एक सयदेखि एकसय ५० हेक्टरमा एकसय प्रकारका जडीबुटी भएको पाइएको थियो । ती जमिनमा पाइएका जडीबुटीमध्ये ६० प्रकारका जडीबुटी प्रमाणित भएका थिए । प्रमाणितमध्ये विभिन्न दश प्रकारका जडीबुटीलाई व्यवसायिक औषधिका रुपमा प्रवर्द्धन गर्न सकिने र पाँच प्रकारका जडीबुटी (चिराइतो, सुगन्धवाला, टिमुर, पिपला र धासिङ्गरे)लाई खेती गर्न सकिने अनुसन्धान सर्वेक्षणले पुष्टि गरेको छ ।
ती जडीबुटी एउटै विधिद्वारा प्रशोधन गर्न सकिने जनाइएको छ । ती जडीबुटी वार्षिकरुपमा रु ३५ लाख बराबर अर्थात् ५३ हजार केजी सङ्कलन सकिने अध्ययनले औल्याएको छ ।
यसैबीच अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण अध्ययन टोलीले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई आज अध्ययन प्रतिवेदन हस्तान्तरण गरे । सो अवसरमा उनले औषधीय तथा सुगन्धित जडिबुटीहरुको संरक्षण, सम्वद्र्धन तथा उपयोग गर्ने नीति नगरपालिकाले लिएको जानकारी दिँदै अगामी दिनमा मातातीर्थ आयुर्वेदिक औषधालयलाई आवश्यक पर्ने स्रोतलाई सुदृढ बनाउने जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सामुदायिक वनको दीगो व्यवस्थापन एवं सदुपयोग गर्दै यसलाई आय आर्जनसँग जोड्न र जैविक विविधता संरक्षण गर्न नगरपालिकाले सहयोग गर्ने बताए ।
मातातीर्थ आयुर्वेदिक औषधालयका प्रमुख डा नारायण अचार्यले पहिलो पटक गरिएको बहुआयामिक अध्ययनले चन्द्रागिरिमा प्रचुर मात्रामा औषधीय तथा सुगन्धित जडीबुटीको सम्भाव्यताको ढोका खुला गरेको जानकारी दिए । उनले भने, “औषधालयको आफ्नै जडीबुटी उद्यान बनाउने, प्रशोधन केन्द्र स्थापना तथा औषधि उत्पादन गर्ने नीतिलाई सहयोग गर्ने छ । ”
अध्ययन टोलीमा वन तथा वातावरण विज्ञ डा नवीनराज जोशी, स्नेहा बर्मा तथा शालिकराम कँडेल थिए । टोलीले सामुदायिक वनभित्रका जडिबुटीका स्रोतहरु स्थानीय, वनमा आश्रित समुदायका लागि नगद आम्दानीको महत्वपूर्ण स्रोत र जीविकोपार्जनको माध्यम बन्न सक्ने, स्थानीय स्तरमा जडिबुटीको खेती, दीगो विकास, प्रशोधन गरेर वन तथा जैविक विविधताको संरक्षण गर्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने अवसर, जडिबुटीका प्रजातिको व्यवस्थापन, खेती, दीगो व्यवस्थापनको सम्भावना औल्याएको छ । यसैगरी सामुदायिक वन, निजी वन तथा निजीस्तरमा जडीबुटी खेती गर्ने प्रयोजनका लागि अध्ययनले थप प्रोत्साहन गरेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटीहानी आगलागी पिडितका लागि विशेष राहतको माग
बैशाख २१, २०८१ शुक्रबार
डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
तस्विरमा हेर्नुस गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध नेपाल ६ विकेटले विजयी
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार