राष्ट्रियस्तरको अवकास प्रतियोगिता सम्पन्न, कुन-कुन स्कुल भए च्याम्पियन ?
नेपालबहस संवाददाता
फागुन २१, २०८० सोमबार १४:३७:१७
२१ फागुन, काठमाडौं । राष्ट्रियस्तरको अवकास प्रतियोगिता सम्पन्न भएको छ । बाल बिकास एनसीमास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगितामा जुनियर, मिडिल र सिनियर लेबलको छुट्टा छुट्टै प्रतिस्पर्धा गराइएको थियो ।
पूर्व शिक्षामन्त्री, सांसद एवं नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडु प्रमुख अतिथि र गण्डकी प्रदेशसभा सदस्य टिकाकुमारी बस्याल विशेष अतिथि रहेको कार्यक्रममा १ सयभन्दा बढि विद्यालयका प्रतियोगी विद्यार्थी, शिक्षक र अभिभावकहरू सहभागी थिए ।
कार्यक्रममा मन्तव्य राख्दै पूर्वमन्त्री बडूले अवकाशलाई अनिवार्य विषयको रुपमा नै समावेश गराउनुपर्ने आवश्यकता औंल्याए । यसअघि आफूले अवकासबारे केही बुझ्ने मौका पाएको स्मरण गर्दै उनले अवकासलाई सरकारले नै पाठ्यपुस्तकमा अनिवार्य विषय बनाउनुपर्ने बताए । यसले बालबालिकाहरूको मस्तिस्कमा सुधार गर्न निक्कै सहयोग गर्ने भन्दै उनले आफ्नो तर्फबाट के–के सहयोग गर्नुपर्ने हो त्यो गर्ने आश्वासन दिए ।
कार्यक्रममा विशेष अतिथि गण्डकी प्रदेशसभा सदस्य टिकाकुमारी बस्यालले अवाकसको औचित्य झनै बढेर गइरहेको बताइन् भने विभिन्न व्यक्तिहरूलाई मायाको चिनोसहित सम्मान गरेकी थिइन् ।
प्रतियोगीता अन्तर्गत जुनियर लेबल (कक्षा १, २) तर्फ एन्जल्स प्याराडाईजका रोसिका नेपाल च्याम्पियन, नवनित टोडलर्स जोनका अबिका जोशी फष्ट रनरअप, काठमाडौं प्रज्ञा कुञ्जका रियान्स आचार्य सेकेन्ट रनरअप र ब्राईट फ्युचरका दिव्यान्त गिरि थर्ड रनरअप भए ।
त्यस्तै मिडिल लेबल (कक्षा ३, ४) तर्फ पाथिभरा एकेडेमीका सुदिनमणी पौडेल च्याम्पियन, विभुती विद्या मन्दिरका संकल्प अमगाई फष्ट रनरअप, एम्स एकेडेमीका सिद्धार्थ दाश सेकेन्ड रनरअप र कान्जिरोवा स्कुलका सार्थकनाथ गोपाली थर्ड रनरअप भए ।
त्यस्तै सिनियर लेबल (कक्षा ५ भन्दामाथि) ब्राईट फ्युचरका निकिता झा च्याम्पियन, मेघा पब्लिक स्कुलका कृषला प्याकुरेल फष्ट रनरअप, कान्जिरोवा स्कुलका अबि भुजु सेकेन्ड रनरअप र ओडिसी इन्टरनेशनल एकेडेमीका प्रज्वल कट्टेल थर्ड रनरअप भए ।
यसअघि हरेक विद्यालयमा विद्यालय स्तरीय अवाकस प्रतियोगीता गरेर राष्ट्रियस्तरको प्रतियोगीताका लागि प्रतियोगी छानिएका थिए । राष्ट्रियस्तरको प्रतियोगीतामा च्याम्पियन बनेकाहरुले अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा सहभागी बन्न पाउने अवसर पाउने बाल बिकास एनसीमास संस्थाका तेजु नेपालले बताए । कार्यक्रममा उनले अबाकसको आवश्यकताबारे प्रष्ट पार्दै अझै यसलाई देशव्यापी बनाउने अभियानमा आफूहरू लागिपरेको बताए ।
कार्यक्रमलगत्तै च्याम्पियन बनेकाहरूले अवाकस आफ्नो विद्यालयमा लागु गराएकोमा विद्यालयसहित बाल बिकास एनसीमासलाई धन्यवाद दिएका थिए भने शिक्षकहरूले पनि आफ्नो बालबालिकामा अवकासले ल्याएको परिवर्तन देखेर निक्कै खुशी व्यक्त गरेका थिए ।
शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मस्तिष्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले वैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ । बाल बिकास एनसीमास संस्थामार्फत ३५० वटाभन्दा धेरै विद्यालयले अवाकस लागु गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
प्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
राष्ट्रपति निर्वाचनको मतगणनाप्रति एलोन मस्कको प्रश्न, भारतबाट अमेरिकाले पाठ सिक्नुपर्छ
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार