हाइटीमा रात्रिकालीन कर्फ्यु र सङ्कटकालको घोषणा
नेपालबहस संवाददाता
फागुन २१, २०८० सोमबार १६:१७:१६
२१ फागुन, पोर्ट–ओ–प्रिन्स । हाइटीको सरकारले राजधानी शहरको मुख्य कारागारमा भएको सामूहिक आक्रमणबाट उत्पन्न हिंसाको लहरलाई दबाउन आइतबार सङ्कटकालीन अवस्था र रातको समयमा कर्फ्युको घोषणा गरेको छ ।
सरकारले एक विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्था र आइतबारदेखि बुधबारसम्म साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लागू हुने जनाएको छ । स्थानीय पत्रकारले जेलमा राखिएका करिब चार हजार व्यक्तिमध्ये अधिकांशलाई भगाइएको पाइएको बताएका छन् ।
जेलबाट भगाइएकामध्ये सन् २०२१ मा तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको अभियोगमा दोषी ठहर भई सजाय काटिरहेका व्यक्तिहरू पनि रहेका छन् । अमेरिकी देशमध्ये निकै विपन्न हेइटीमा पछिल्ला वर्षमा हिंसा बढ्दै गएको छ ।
सुरक्षाका लागि घोषणा गरिएका भनिएका दुवै उपाय राजधानी पोर्ट–ओ–प्रिन्ससहित ओएस्ट क्षेत्रमा लागू हुनेछ र आवश्यकता अनुसार थप हुँदै जानेछ । हाललाई अर्को सूचना नआएसम्मका लागि यी सुरक्षा उपायहरू लागू भएको जनाइएको छ ।
पछिल्लो समय अपनाइएका हिंसा नियन्त्रणका उपायहरू हिंसाग्रस्त क्षेत्रमा ‘ पुनः सुव्यवस्था स्थापित गर्न र स्थितिलाई सामान्य बनाउन’ अवलम्बन गरिएको सरकारले जनाएको छ ।
आर्थिक मामिला मन्त्री प्याट्रिक मिचेल बोइसभर्टले देशको कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उक्त वक्तव्यमा हस्ताक्षर गर्नुभएको छ ।
प्रधानमन्त्री एरियल हेनरी गत सातासंयुक्त राष्ट्रसङ्घको समर्थन प्राप्त कानून र व्यवस्था मिसनको नेतृत्व गर्न पूर्वी अफ्रिकी देशबाट प्रहरी खटाउने सम्झौतामा हस्ताक्षर गर्न केन्यामा रहेका समय उक्त हिंसा भड्किएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार