बालुवाटारमा शक्ति बाँडफाँट गर्न नयाँ गठबन्धनको बैठक सुरु
नेपालबहस संवाददाता
फागुन २१, २०८० सोमबार १६:३५:५३
२१ फागुन, काठमाडौं । शक्ति बाँडफाँट गर्न नयाँ गठबन्धनको बैठक फेरि सुरु भएको छ । बालुवाटार बैठकमा नेकपा 'माओवादी केन्द्र'का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा 'एमाले'का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा'का सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी 'जसपा'का अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू सहभागी छन् ।
मन्त्री लगायतका विषयमा भागबन्डा गर्न दलहरू फेरि बैठकमा जुटेका हुन् । आज बिहान पनि बालुवाटारमा छलफल भएको थियो । आजै तीन मन्त्रीको शपथको तयारी छ ।
यसअघि मन्त्री बाँडफाँट लगायतका मुख्य शक्ति भागबन्डाका लागि चारवटै दलका नेताहरू सम्मिलित कार्यदलले भागबन्डाको खाका तयार पार्न जिम्मा दिएको थियो ।
जसमा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेल, माओवादीका उपमहासचिव वर्षमान पुन, रास्वपाका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव रहेका थिए । नेताहरूबिच सोमबार बिहान भएको सहमतिअनुसार एमाले, रास्वपा र माओवादीबाट एक–एक मन्त्रीले आजै शपथ खाँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार