वैदेशिक रोजगार सम्बन्धी कसुरका फरार अभियुक्त सात वर्षपछि पक्राउ
नेपालबहस संवाददाता
फागुन २१, २०८० सोमबार १९:१७:५१
२१ फागुन, गोरखा । वैदेशिक रोजगार सम्बन्धी कसुरमा तीन वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन्। प्रहरीले अदालतबाट दोषी ठहर भएर फरार रहेका सिरानचोक गाउँपालिका-५ का ४६ वर्षीय राम गुरुङलाई पक्राउ गरेको हो।
फैसला कार्यन्वयनको सिलसिलामा वैदेशिक रोजगार न्यायाधिकरणबाट २०७३ चैत १५ गते फैसला भई वैदेशिक रोजगार सम्बन्धी कसुरमा कैद तथा जरिवाना तोकिई फरार रहेका गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सोमबार गुरुङलाई पक्राउ गरी कैद र जरिवाना असुल उपरका लागि जिल्ला अदालत पठाइएको प्रहरी निरीक्षक रविन्द्र अधिकारीले बताए। जिल्ला अदालतको आदेशले गुरुङलाई कैद र जरिवाना असुल उपरका लागि कारागार कार्यालय पठाइएको छ। फैसला कार्यन्वयन गर्ने सिलसिलामा प्रहरीले गुरुङलाई सात वर्षपछि पक्राउ गरेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार