अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदियो प्राइमरी मतपत्रमा ट्रम्प रहन नसक्ने उच्च अदालतको फैसला
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार ७:१८:११
२१ फागुन, वासिङटन डिसी । संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले राज्यको रिपब्लिकन प्राइमरी मतपत्रबाट डोनाल्ड ट्रम्पको नाम हटाउन कोलोराडोको प्रयासलाई अस्वीकार गरेको छ ।
अमेरिकन पूर्व राष्ट्रपति ट्रम्पलाई उनको पार्टीको उम्मेदवारी खोस्ने प्रयासलाई सर्वोच्च अदालतले खारेज गरे पछि ट्रम्पले ठुलो राहत पाएका छन ।
न्यायाधीशहरूले सर्वसम्मतिले डिसेम्बर १० मा कोलोराडोको उच्च अदालतले ट्रम्पलाई संविधानको १४ औं संशोधन अन्तर्गत मतपत्र नामावलीबाट निकाल्ने निर्णयलाई उल्टाएका हुन । जसमा व्यक्तिहरूले विद्रोहमा भाग लिएको खण्डमा सार्वजनिक पद धारण गर्न निषेध गर्ने खण्ड समावेश गरिएको छ ।
ट्रम्पका आलोचकहरूले उनलाई २०२० को राष्ट्रपतिको चुनावलाई बिथोल्ने प्रयासमा जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणलाई उक्साएको र समर्थन गरेको आरोप लगाएका थिए ।
‘अमेरिकाको लागि ठूलो जीत’ सर्वोच्च अदालतको फैसलापछि पूर्वराष्ट्रपति ट्रम्ले आफ्नो ट्रुथ सामाजिक सञ्जालमा लेखेका छन् । यस निर्णयले कोलोराडो, इलिनोइस, माइन र अन्य ठाउँमा ट्रम्पलाई मतपत्रबाट हटाउने प्रयासहरू समाप्त भएको छ ।
संविधानको १४ औं संशोधनले मानिसहरूलाई राष्ट्रपति पदसहित अमेरिकी पद धारण गर्नबाट रोक्छ । यदि तिनीहरूले त्यसको विरुद्ध विद्रोह वा विद्रोहमा संलग्न छन, वा त्यसका शत्रुहरूलाई सहयोग वा सान्त्वना दिएका छन् भन्ने उल्लेख गरिएको छ ।
तर ६–३ को कन्जरभेटिभ बहुमत भएको सर्वोच्च अदालतले आफनो फैसलामा भनिदियो कि कांग्रेसले मात्र संघीय पदाधिकारी र उम्मेदवारहरू विरुद्ध प्रावधान लागू गर्न सक्छ।
‘हामी निष्कर्षमा पुग्छौं कि राज्यहरूले राज्यको पद धारण गर्ने वा प्रयास गर्ने व्यक्तिहरूलाई अयोग्य ठहराउन सक्छ तर संघीय कार्यालयहरू विशेष गरी राष्ट्रपति पदको सन्दर्भमा धारा ३ लागू गर्ने संविधान अन्तर्गत राज्यहरूसँग कुनै शक्ति छैन,’ अदालतले भनेको छ ।
हाल भइरहेको प्राइमरी निर्वाचनमा ट्रम्प रिपब्लिकन राष्ट्रपति पदको उम्मेदवारीमा अग्रपंक्तिमा रहेका छन् र कतिपय स्थानमा उनले ९८ प्रतिशतसम्म मत प्राप्त गर्न सफल भएका छन । जुन नतिजाहरूले आगामी नोभेम्बरमा बाइडेनको विरूद्ध राष्ट्रपति निर्वाचनमा उनले राम्रै प्रतिस्पर्धा गर्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार