रूस-युक्रेन युद्दमा जर्मनीको 'प्रत्यक्ष संलग्नता', मस्कोले लियो जर्मन राजदुतसँग स्पष्टीकरण
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार ७:२१:६
२२ फागुन, मस्को । हालै सार्वजनिक भएको जर्मन सैन्य अधिकारीहरूको एक 'वायरट्याप रेकर्डिङ'ले पश्चिमी देशहरू युक्रेनको द्वन्द्वमा भाग लिइरहेको खुलेको छ ।
त्यसपछि मस्कोले जर्मन राजदूतलाई मन्त्रालयमा बोलाएर सोधपुछ गरेको छ । अघिल्लो दिन भने जर्मनीले सोशल मिडियामार्फत सो रेकर्डिङ जारी गर्नु जर्मनीलाई 'अस्थिर गर्ने प्रयास'को एक हिस्सा भन्दै अस्विकार गरेको थियो ।
तर, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने कि युक्रेनले रूसी लक्ष्यहरूमा प्रहार गर्न जर्मन निर्मित टोरस मिसाइलहरूको सम्भावित प्रयोग बारे सैन्य अधिकारीहरू बीचको छलफल गरेको सुनिएको छ । युक्रेनको द्वन्द्वमा पश्चिमा राष्ट्रको प्रत्यक्ष संलग्नतालाई पुनः प्रमाणित भएको भन्दै मस्कोले जर्मन राजदुतलाइ मन्त्रालयमा बोलाएको हो ।
रुसी राज्य सञ्चालित एजेन्सी आरआईए नोवोस्तीले जर्मनीका राजदूत अलेक्ज्याण्डर ग्राफ ल्याम्ब्सडोर्फ मस्कोको विदेश मन्त्रालयमा आइपुगेको भिडियो प्रकाशित गरेको छ । तर, रूसी पत्रकारहरूको प्रश्नको जवाफ दिन जर्मन राजदुतले अस्वीकार गरेका छन ।
त्यसपछि 'जर्मन राजदूतलाई क्राइमियाबारे जर्मन अधिकारीहरूको सार्वजनिक कुराकानीको सम्बन्धमा बुझ्न बोलाइएको थियो,' आरआईएले भन्यो।
सो अडियो रेकर्डिङ ३८ मिनेट लामो थियो, जुन रेकर्डिङ रुसी सामाजिक सञ्जालमा शुक्रबार ढिलो पोस्ट गरिएको थियो। त्यसपछि विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालबाट जर्मनीसँग स्पष्टीकरण मागेका थिए ।
सो रेकर्डिङमा जर्मन अधिकारीहरूले टोरस मिसाइलको प्रयोगको सम्भावित प्रभावबारे छलफल गरिरहेका थिए। वार्तालापमा क्षेप्यास्त्रहरू लक्ष्यमा राखिएको केर्च ब्रिजका बारेमा कुराकानी गरिरहेको खुलेको थियो । जुन बिन्दुले रुसी मुख्य भूमिलाई क्रिमियासँग जोड्दछ । जो सन २०१४ मा रूसले कब्जा गरेको थियो।
क्षेप्यास्त्र निर्यात गर्ने कि नगर्ने भन्ने विषयमा जर्मनीमा बहस चलिरहेको बेला यो अडियो लीक भएको हो। युक्रेनले आफ्नो हतियारलाई बढावा दिन खोजिरहेको छ किनकि गोलाबारुद स्टकहरू कम भएका छन् । युक्रेनले दुई वर्षको युद्ध पछि रणभूमिमा असफलताहरू देखिरहेको छ, जसका कारणा संयुक्त राज्य अमेरिकाबाट सैन्य सहायता माग्ने देखी युरोपियन युनियन पर्याप्त हतियार पठाउनका लागि पहलकदमी लिइरहेको छ ।
'हाम्रा राजदूत रुसी विदेश मन्त्रालयमा योजनाबद्ध बैठकमा गएका थिए, जर्मनको विदेश मन्त्रालयका प्रवक्ताले भने। तर, थप कुरा उसले दिन भने अस्विकार गरेको छ । तर, रूसको विदेश मन्त्रालयमा स्पष्टीकरण दिएर जर्मन राजदूत बाहिरिएको तस्विर मस्कोले सार्वजनिक गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार