अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक, अरूले कति पाए ?
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार ८:३३:३७
२२ फागुन, काठमाडौं। अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा छन् । यो फिल्म छिट्टै हलमा रिलिज हुँदैछ ।
फिल्मको ट्रेलर निकै आकर्षक छ । तर के तपाईलाई थाहा छ यो फिल्मका लागि फिल्मका स्टार कास्टले कति पैसा पारिश्रमिक लिए रु त्यो हामी बताउने छौं ।
सबैभन्दा पहिले मुख्य अभिनेता अजय देवगनको कुरा गरौं, उनले फिल्मका लागि ठूलो रकम लिएका छन । भारतीय सञ्चारमाध्यका अनुसार अजयले यो फिल्मका लागि २५ करोड भारु लिएका छन् ।
फिल्मको ट्रेलरमा आर माधवन निकै डरलाग्दो देखिएका छन् । अभिनेता पनि मुख्य भूमिकामा छन् । माधवनले फिल्मका लागि १० करोड पारिश्रमिक लिएको बताइएको छ ।
फिल्ममा साउथ अभिनेत्री ज्योतिकाको पनि महत्वपूर्ण भूमिका छ । अभिनेत्री शैतानका लागि ५ करोड भारु पारिश्रमिक लिइएको छ । यो फिल्ममा जानकी बोडिवालाले अजय देवगनकी छोरीको भूमिका निभाएकी छिन् । जानकीमा मात्रै कालो जादू हुन्छ । जानकीले यो फिल्मका लागि २–३ करोड भारु लिएकी छिन् ।
शैतान फिल्म कालो जादूमा बनेको हो । फिल्ममा आर माधवन तान्त्रिकको भूमिकामा छन् । फिल्म थ्रिलर र हररले भरिपूर्ण छ । हालै फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसलाई निकै रुचाइएको छ । यो फिल्ममा अजय देवगन र आर माधवन पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । अजय र माधवनको यो फिल्म मार्च ८ मा हलमा रिलिज हुँदैछ । फ्यानहरु पनि यसको प्रतिक्षामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार