अमेरिकी डलरको भाउ सामान्य घट्यो
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार ९:१३:८
२२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ सामान्य घट्यो युरो र बेलायती पाउण्डको भाउ भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९३ पैसा कायम गरिएको छ । सोमबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९५पैसामा कारोबार भएको थियो ।
मंगलबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रूपैयाँ २८ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १७ पैसाले बढेको हो। सोमबार यसको खरिददर १४३ रूपैयाँ ४५ पैसा र बिक्रीदर १४४ रूपैयाँ १० पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ २२ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ७० पैसा र बिक्रीदर १६८ रूपैयाँ ४६ पैसा कायम गरिएको छ । सोमबार यसको खरिददर १६७ रूपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रूपैयाँ २१ पैसामा कारोबार भएको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ २९ र बिक्रीदर ८६ रूपैयाँ ६८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ५६ पैसा र बिक्रीमा ९८ रूपैयाँ कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रूपैयाँ १९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ०२ पैसा र बिक्रीदर २८ रूपैयाँ १४ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २० पैसा र बिक्रीदर ४३२ रूपैयाँ १५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार