सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार १०:२६:६
२२ फागुन, काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको शतप्रतिशत हकप्रद शेयरमा आज आवेदन दिने अन्तिम दिन रहेको छ। आज यसमा कार्यालय समयसम्म आवेदन दिन सकिन्छ।
बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार सिंगटी हाइड्रोले फागुन २ गतेदेखि १.१ अनुपातमा १ करोड ४५ लाख कित्ता शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो। जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गरेको छ। यस हकप्रद शेयरको लागि कम्पनीले पुस २२ गते बुक क्लोज गरिसकेको छ।
तसर्थ, पुस १९ गतेसम्म कायम लगानीकर्ताले शेयर दाबी गर्न पाउनेछन्। यस हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ। यस हकप्रद शेयरमा कुमारी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ।
शेयरमा कुमरी क्यापिटल र कुमारी बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ। यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सुर्खेतको मालपोत कार्यालयमा आगलागी
बैशाख २२, २०८१ शनिबार
राष्ट्रपति पौडेलले दिए क्रिकेट खेलाडीलाई शुभकामना
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
जिब्रोमा हुने सेतो दाग सबैभन्दा खतरनाक !
बैशाख २२, २०८१ शनिबार
जयनगर–जनकपुर रेलसेवा तीन दिन बन्द हुने
बैशाख २२, २०८१ शनिबार