अवैध रुपमा भण्डारण गरिएको ४५ लाखको चिनी बरामद
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार १४:२२:२
२२ फागुन, काठमाडौं । सशस्त्र प्रहरीले अवैध रुपमा गोदाम गरिएको ठूलो मात्राका चिनी बरामद गरेको छ । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका १ बरुवाबाट सोमबार करिब २ हजार बोरा चिनी बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा ल्याइ गोदाम गरिएको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गणले अवैध चिनी, केराउ र प्याज बरामद गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
स्थानीय श्याम भनिने ज्ञानु अर्यालको गोदाममा लुकाइराखेको ५० र ३० किलाको बोरामा रहेको २ सय बोरा भन्दा चिनी र १ हजार ७ सय बोरा भन्दा बढी केराउ बरामद गरिएको उनले बताए ।
बरामद गरिएको चिनी र केराउको मूल्य करिब ४५ लाख बराबर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सशस्त्र प्रहरीले जनाएको छ । अवैध रुपमा भण्डारण गरी नक्कली कागजपत्र बनाएर देशका विभिन्न ठाउँमा विक्री गर्ने पाइएको प्रहरीको भनाइ छ ।
यसैगरी पश्चिम नवलपरासी सुस्ता गाउँपालिका ५ वनकट्टीबाट मंगलबार बिहान ६७ बोरा प्याज बरामद गरिएको छ । बरामद चिनी, केराउ र प्याजलाई थप कारवाहीका लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासी बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
मंसिर २४, २०८१ सोमबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
पुष ८, २०८१ सोमबार
नेपाली खेल इतिहासमै एनपिएलले उघारेको सपना
पुष ८, २०८१ सोमबार
राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार