दर्शक र निर्माताले रुचाएको दया र मिरुनाको जोडी !
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार १६:२४:५९
२२ फागुन, काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी एकपछि अर्को चलचित्रमा देखिन थालेको छ । गत वैशाख १ गते प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पश्चात् यो जोडीले ‘नाङ्गो गाउँ’, ‘रङ्गेली’, ‘घर ज्वाइँ’, ‘अञ्जिला’लगायतका चलचित्रमा काम गरिसकेको छ ।
उनी दुवैले अभिनय गरेको ‘रङ्गेली’ आउँदो यही फागुन २५ गतेदेखि प्रदर्शन हुँदैछ । “हाम्रो जोडीलाई दर्शक र निर्माता निर्देशकले रुचाउनुभएकै कारण चलचित्रमा अभिनयको प्रस्ताव आइरहेका छन् । सोही कारण सुहाउँदो भूमिकालाई स्वीकार गरेर चलचित्रमा काम गरिरहेका छौँ”, अभिनेता दयाहाङ राईले भने ।
अभिनेता राई पछिल्लो व्यस्त अभिनेतामा पर्छन् । यस वर्ष मात्र उनले दशभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । सोही कारण पनि उनको चरित्र उस्तै देखिने गरेको गुनासो बढ्ने गर्छ । अभिनेता राई पनि यस विषयमा जानकार छन् । “चलचित्र रङ्गेलीमा मेरो भूमिका अघिल्लाभन्दा फरक छ । यस चलचित्रमा नायक र खलनायक दुवै भूमिकामा मलाई देख्नसक्नुहुनेछ”, उनले भने, “सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने चरित्र छ ।” उनले यसमा एक आपाराधिक समूहको नेतृत्वकर्ताको भूमिका निर्वाह गरेका छन् । उनले धेरै समय पश्चात यस किसिमको भूमिका निर्वाह गरेको बताए ।
“पैसा र शक्तिले एक सामान्य व्यक्तिको जीवनमा पार्ने प्रभाव र त्यसले निम्त्याउने घटनाक्रमले क्षणिक लाभ र दीर्घकालीन असरलाई मेरो पात्रले देखाउने प्रयास गरेको छ”, अभिनेता राईले भने ।
अभिनेत्री मगरले यस चलचित्रमा थारु समुदायकी युवतीको भूमिका निर्वाह गरेका छन् । “मेरो चलचित्र यात्राकै एक सशक्त भूमिका यसमा निर्वाह गरेकी छु । किनकि यसमा मेरो भूमिका नाचगानमा मात्र सीमित छैन । “चलचित्रमा नायिकको भूमिका पनि बलियो छ”, अभिनेत्री मगरले भने ।
अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको चलचित्रमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतले पनि अभिनय गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार