उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ बने सबैभन्दा लोकप्रिय मुख्यमन्त्री
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार १८:१८:५०
२२ फागुन, काठमाडौं। छिमेकी भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ हिन्दुत्वले मात्र होइन अर्को एक कारणले पनि भारतमा सबभन्दा लोकप्रिय मुख्यमन्त्री बनेका छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगीको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ । लोकसभा निर्वाचन २०२४ मा युपीका मुख्यमन्त्री योगी आफ्नो काम गर्ने स्टाइलको कारण पनि देशभरि चर्चामा रहन्छन्।
उनको लोकप्रियता स्वीकार्यता लागि गरिएको एउटा सर्वेअनुसार उनी देशकै मुख्यमन्त्रीहरूमा लोकप्रिय ठहर भएका हुन् । उनको लगातार लोकप्रियता बढेको बढ्यै छ । गत फेब्रुअरीमा भएको सर्वेमा उनलाई ४६.३ प्रतिशत मानिसले वेस्ट सीएम भएको बताए ।
यसरी प्रश्न उठ्न स्वाभाविक छ की किन उनको लगातार लोकप्रियता बढेको होला । यसै विषयमा मेटराइजले जी न्युजको लागि सर्वे गरेको थियो । उक्त सर्वेमा ४४ प्रतिशत मानिसले उनको लोकप्रियता कानुनी व्यवस्थाको कारण, ५ प्रतिशतले राष्ट्रवाद, २८ प्रतिशतले छवि व्यक्तित्व राम्रो भएको कारण र २ प्रतिशतले अन्य कारण बताएका थिए ।
भारतका राजनेताहरू मध्ये प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित साहभन्दा भने उनी पछि छन् । एक्समा मुख्यमन्त्री योगी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र कांग्रेस नेता राहुल गान्धी भन्दा अगाडि रहेका छन् । योगीको फलोअर्स २७.४ मिलियन, केजरीवालको २७.३ मिलियन, गान्धीको २४.८ मिलियन र अखिलेश यादवको मात्र १९.१ मिलियन फलोअर्स रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार