त्रिकोणात्मक टी २० शृङ्खलाको उपाधि नेदरल्याण्ड्सले जितेपछि नेपालका प्रशिक्षक र कप्तान के भने ?
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार १८:२३:९
•ऋषिकान्त पौडेल
२२ फागुन, काठमाडौँ । घरेलु मैदानमा त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेदरल्याण्ड्स सँग चार विकेटले पराजित भएपछि कप्तान र प्रशिक्षक दबाबमा खेल्न चुक्दाको परिणाम भएको प्रतिक्रिया दिएका छन् ।
कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हजारौं दर्शकलाई नि शब्द बनाउँदै नेदरल्याण्ड्सले चार विकेटको रोमाञ्चक जित निकाल्यो । नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा ग¥यो । विजेता नेदरल्याण्ड्सलाई नेकपा 'एमाले'का अध्यक्ष केपी शर्मा ओलीले ट्रफी प्रदान गरे ।
खेलपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सामूहिक भएको बताए । “टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय सामूहिक थियो”, उनले भने, “पहिलो पारीमा विकेट राम्रो देखिएको थियो भने दोस्रो पारीमा विकेट ‘स्लो’ थियो ।”
कप्तान पौडेलले सुरुआत राम्रो भए पनि योजनाअनुसार ‘फिनिसिङ’ गर्नबाट चुकेको बताए । “जुन तरिकाले हामीले सुरुआत पाएका थियौँ, त्यसअनुसार दुई सय रन बनाउने योजना थियो तर हामीले १०÷१५ रन कम बनायौँ”, उनले भने, “मध्यम ओभरमा रनको गति कम भयो भने विकेट पतन पनि चाँडो भयो ।” उनले ‘पावरप्ले’ र ‘डेथओभर’मा कमजोरी सुधार हुन नसकेको पनि बताए । “यस प्रतियोगिताबाट धेरै कुरा सिकेका छौँ । ‘पावर प्ले’ र ‘डेथओभर’ राम्रो प्रदर्शन गर्न सकेनौँ तर विश्वकपसम्म त्यसमा सुधार गर्नेछौँ ।”
राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाइले प्रतियोगिताले आगामी दिनमा योजना कार्यान्वयन गर्नका लागि धेरै कुरा सिकाएको बताए । “नेदरल्याण्ड्स पनि ठूला टोलीलाई हराएको टिम हो, हामीले दबाबमा राम्रो प्रदर्शन गर्नबाट चुक्यौँ”, उनले भने, “यसअघि पनि धेरै ‘क्लोज गेम’हरु खेलेका छौँ । प्रतियोगिताले विश्वकपको तयारीका लागि फाइदा पुगेको छ ।”
उनले यही मार्च ९ देखि सुरु हुने हङकङविरुद्धको खेल ‘बेञ्च’ बलियो बनाउनका लागि सहयोगी हुने बताए । “विश्वकपको तयारीका लागि अहिले धेरै प्रयोग भइरहेका छन् । यसले हामीलाई आगामी दिनमा राम्रो नतिजा दिन सहयोग पु¥याउनेछ ।” उनले फाइनल खेलमा अभिनास बोहोरालाई मौका दिइएको विषयमा नामिबियासँग राम्रो गरेकाले टीममा सहभागी गराइएको बताए ।
शृङ्खलामा नेदरल्याण्ड्स पाँच अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने नेपाल चार अङ्कका साथ फाइनलमा प्रवेश गरेको हो । चार खेलमा एक जित, दुई हार र एक ड्र गरी तीन अङ्क जोडेको नामिबिया तालिकाको पुछारमा रह्यो ।
शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई दुई रनले पराजित गरेको थियो । साथै तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको थियो भने चौथो खेलमा नेपालले नामिबियाविरुद्ध तीन रनको रोमाञ्चक जित निकालेको थियो । साथै पाँचौँ खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटको सहज जित निकालेको थियो । त्यसैगरी नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले प्रभावित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकालाई ९ विकेटले हराउँदै वेस्ट इन्डिज विजयी
असार ८, २०८१ शनिबार
आईएल टी-२० फ्रेन्चाइजी गल्फ जायन्टद्वारा दिपेन्द्रसहित १३ खेलाडी रिटेन
असार ७, २०८१ शुक्रबार
सुपर आठको खेलमा अष्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले हरायो
असार ७, २०८१ शुक्रबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
नेपालबहस संवाददाता
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
केदार भट्टराई (काका)
असार ८, २०८१ शनिबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते
असार ८, २०८१ शनिबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
'कार्वाइड' प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह
असार ८, २०८१ शनिबार
टी- २० विश्वकप : बंगलादेश ५० रनले पराजित, भारत सेमिफाइनल नजिक
असार ९, २०८१ आइतबार
पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध, सयौं यात्री अलपत्र
असार ९, २०८१ आइतबार
जाजरकोटमा बाढीले बगाएर शिक्षकको मृत्यु, ६ जना घाइते
असार ९, २०८१ आइतबार
पोर्चुगल युरोकपको नकआउट चरणमा
असार ९, २०८१ आइतबार
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
असार ९, २०८१ आइतबार