बालुवाटारमा नयाँ गठबन्धनको बैठक छाडेर प्रचण्ड र ओली माधवको साथ खोज्न कोटेश्वर पुगे
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार १८:५१:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/madhav_nV7jZoA9CG_Bww6eEbJER.png)
२२ फागुन, काठमाडौं । बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी भइरहेका बेला नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओली कोटेश्वर गएका छन् ।
एकीकृत समाजवादीलाई पनि नयाँ सत्ता गठबन्धनमा सामेल गराउन आग्रह गरिरहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले नेपालसँग भेटेरै यसबारे कुरा गर्न लागेका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री र ओलीले नेपालजीलाई भेटेर कुरा गरेपछि मात्र मन्त्रालय भागबन्डाबारे छलफल अघि बढे भएको छ । नयाँ समीकरण बनेसँगै सरकारमा एकीकृत समाजवादीलाई समेट्न प्रधानमन्त्री प्रचण्ड र ओलीले माधवको साथ खोजेका हुन् ।
सोमबार साँझ पनि नयाँ मन्त्रीहरूले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । स्रोतका अनुसार ओलीले अध्यक्ष नेपाललाई फोन गरेर मिलेर जान प्रस्ताव गरेका थिए। त्यसको आधा घन्टापछि प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ कोटेश्वर पुगेका थिए।
गठबन्धनमा सहभागी हुने या नहुने भन्नेमा छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार