लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन रत्यौली
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार २१:१:२१
२२ फागुन, लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित तीनदिने तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ पारायण भएको छ । अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका सहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो ।
त्रिपिटक पाठको समापन गर्दै पूर्वमन्त्री अशोक राईले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धका शिक्षाहरुको सँगालो त्रिपिटक पाठले विश्वभर सकारात्मक सन्देश प्रवाह गरेको बताए। गौतमबुद्ध एसियाको मात्रै नभएर विश्वकै प्रकाश भएको बताउँदै उनले बुद्धका शिक्षा विश्वका लागि अपरिहार्य भइसकेको बताए।
अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु फ्रा खुर धमेशभनले आजको आधुनिक समाजमा बुद्धशिक्षाको आवश्यकता बढ्दै गएको बताउनुभयो । महासङ्घले तेस्रो पटक लुम्बिनीमा त्रिपिटक पाठ पारायण गरिएको उनले बताए।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बुद्ध शिक्षालाई विश्वव्यापी बनाउन सघाएको बताए भने लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीको पर्यटन प्रवर्द्धनसँगै बुद्धशिक्षालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सहयोग पुगेको बताए । त्रिपिटक पाठमा भारत, श्रीलङ्का, थाइल्याण्ड तथा म्यान्माका भिक्षुभिक्षुणी सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार