माधव नेपाललाई कांग्रेसले गर्यो प्रधानमन्त्रीको अफर
नेपालबहस संवाददाता
फागुन २३, २०८० बुधबार ११:१७:२४
२३ फागुन, काठमाडाैं । सत्ता गठबन्धनबाट धकेलिएको नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादी 'एस' पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री पदको अफर गरेको छ ।
मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाललाई फोन गरेर बुधबार आज बिहान भेट्न आउने बताएका थिए । स्रोतका अनुसार सभापति देउवा नेपाललाई भेट्न आज बिहान नेपाल निवास कोटेश्वर पुगेका हुन् । भेटमा नेपाललाई प्रधानमन्त्री बन्न देउवाले प्रस्ताव गरेका छन्, स्रोतले भन्यो ।
कांग्रेस सभापति देउवासँगै नेपाल निवासमा देउवा पत्नी आरजु राणा र नेता रमेश लेखकबीच पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ ।
कांग्रेसले हिजो मंगलबार मात्र पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पदको अफर गरेको थियो । यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पनि अघिल्लो वर्ष प्रधानमन्त्री प्रस्ताव गरेको थियो ।
तर यसपटक पनि कांग्रेसले गठबन्धन भत्काउन र बहुमत पुग्न नदिन नेपाललाई सो प्रस्ताव अनौपचारिक रुपमा राखेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार