पढाउन छाडेर बाख्रापालन व्यवसायमा रमाउँदा...

नेपालबहस संवाददाता
फागुन २३, २०८० बुधबार ११:५८:३६

२३ फागुन, इलाम । माङसेबुङ गाउँपालिका–१ इलामका याम कार्कीले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी गर्दै आएक छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताएका उनले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थालेका छन् ।
उनले माङसेबुङ गाउँपालिका–१ स्थित गजुरमुखीमा विगत सात वर्षदेखि व्यावसायिक बाख्रा फार्म सञ्चालन गर्दै आएक छन् । काठमाडौँमा शिक्षण पेसा गर्दै आएका उनले २०७३ सालमा शिक्षण छाडेर ‘इलाम एग्रो फार्म’ सुरु गरेका हुन् । उनको फार्म अहिले नमूना फार्मका रूपमा परिचित छ । व्यावसायिक बाख्रापालन गरी गाउँमै धेरै आम्दानी गर्ने किसानका रूपमा समेत परिचित छन् ।
देशकै राजधानीमा लामो समय बिताउँदासमेत जीविकोपार्जनमा समस्या भएपछि आफ्नै गाउँ फर्केर सात वर्षदेखि बाख्रापालन गर्दै आएको कार्कीले बताए । “दश वर्षसम्म काठमाडौँका विभिन्न कलेजमा पढाएँ तर सोचेजस्तो आम्दानी गर्न सकिनँ, सहरमा दुःख गर्नुभन्दा आफ्नै गाउँमा केही गर्छु भनी गाउँ फर्केर सात वर्षदेखि यहाँ बाख्रापालन गर्दै आएको छु”, उनले भने, “वार्षिक रु आठदेखि १० लाखसम्म कमाइरहेको छु, यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ ।”
उनले शहरमा बगाउने पसिना गाउँमा नै बगाए गाउँलाई पनि योगदान पुग्ने र जीविकोपार्जनमा समस्या नहुने बताए । उनले व्यवसायमा निरन्तरता दिए गाउँमा बसेर राम्रो आम्दानी गर्न सकिने बताए ।
उनले सञ्चालन गरेको फार्ममा अफ्रिकन बोयर, खरी र जमुनापारि जातका माउ, ब्याड बोका र पाठापाठी गरी एक सयको हाराहारीमा बाख्रा रहेका छन् । त्यहाँ उत्पादित बाख्रा खपतका लागि बजारको समेत कुनै समस्या छैन । व्यापारीहरू बाख्रा र पाठापाठी खरिद गर्न फार्ममा आउने गरेको उनले सुनाए । उनले गाउँमा सम्भावना नदेखेर विदेश लाग्नेहरूका लागि उदाहरण बन्न सकिन्छ कि भनेर जागिर छाडेर बाख्रापालन सुरु गरेको दाबी गरे ।
“बीउ उत्पादन गर्ने सोचका साथ सुरुमा अफ्रिकाबाट बोयर बोका र माउ ल्याएर बाख्रापालन सुरु गरियो, अहिले यही व्यवसायबाट खर्च कटाएर बचेको पैसाले घरखर्च चलेको छ”, उनले भने, “बिक्रीका लागि बजारको समस्या छैन, यहाँ उत्पादित बाख्रा र बोका इलामसहित देशभरका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ ।”
उनको फार्ममा दुईजना युवाले रोजगारी पाएका छन् । आफू र आफ्नो परिवारका सदस्यबाहेक दुई जना कामदारलाई रोजगारी दिएको उनले बताए । “फार्ममा हामी आफैँ पनि खट्ने गरेका छौँ, त्यसबाहेक दुई युवालाई कामदारका रूपमा रोजगारी दिएको छु” उनले भने, “आफू स्वरोजगार भई अरूलाई समेत रोजगारी दिन पाउँदा आनन्द लाग्दोरहेछ ।”
उनले बाख्रापालनमा सहजताका लागि उन्नत जातको घाँसखेती लगाएका छन् । चालीस रोपनी जमिनमा उन्नत जातको घाँस लगाएको उनले बताए । उनले रोजगारीको अवसर नभएको भन्दै विदेशिने युवालाई गाउँघरमै कुनै न कुनै व्यवसाय गरेर आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् ।
उनले सरकारबाट समेत सहयोग राम्रै पाएका छन् । उनको फार्मले प्रोत्साहनस्वरुप तीन वर्षअघि तत्कालीन प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट व्यावसायिक नमूना बाख्रा फार्म कार्यक्रमअन्तर्गत रु सात लाख अनुदान पाएको बताए । सो अनुदानबाट आधुनिक खोर निर्माण गर्नुभएको छ । ब्याड बोका, माउ बाख्रा, खसी, बोका एवं पाठापाठी राख्ने खोर अलगअलग बनेको छ ।
पैसा कमाउन विदेश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले काठमाडौंको शिक्षण पेसा छाडेर गाउँमै फर्केर बाख्रापान सुरु गरेको कार्की बताउँछन् । “बेरोजगार युवाहरू विदेशिने क्रम रोक्न र गाउँघरमै बसेर भए पनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक बाख्रापालन सुरु गरेको हुँ”, कार्की भन्छन्, “निरन्तरता दिएर नवीनतम् ढङ्गबाट काम गर्ने हो भने गाउँघरमा नै मज्जाले कमाई गर्न सकिन्छ । म आफ्नो व्यवसायबाट सन्तुष्ट छु ।”
बाख्रापालनका अलावा उहाँले व्यावसायिक कफीखेतीसमेत गर्दै आएका छन् । साठी रोपनी जग्गामा अराविका नामक छ हजार कफीको बिरुवा लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयसरी बन्दै छ ४ सय केभी लप्सी फेदी सबस्टेसन
फागुन १०, २०८१ शनिबार
हात्तीवन क्षेत्रमा हिजो साँझबाट लागेको डढेलो नियन्त्रणको प्रयास गर्दै: फोटोफिचर
फागुन ८, २०८१ बिहिबार
टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस २०८१
फागुन ७, २०८१ बुधबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १०, २०८१ शनिबार
जलहरी प्रकरणमा ३ जनालाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन
फागुन ९, २०८१ शुक्रबार
बागमती गोल्ड कपः थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा
फागुन १०, २०८१ शनिबार
ओडिसाका मुख्यमन्त्रीलाई परराष्ट्रमन्त्रीले भनिन्– दोषीमाथि कारबाही होस्
फागुन १०, २०८१ शनिबार
कुम्भमेलाबाट फर्किएका ४ नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, ६ जना घाइते
फागुन १०, २०८१ शनिबार
मुग्लिन-पोखरा सडकः दमौली बजारमा कालोपत्र गर्न थालियो
फागुन १०, २०८१ शनिबार
कांग्रेस बलियो भएर पनि कमजोरजस्तो देखिएको छ : प्रकाशमान सिंह
फागुन १०, २०८१ शनिबार
राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छः प्रधानमन्त्री
फागुन १०, २०८१ शनिबार
बागमती गोल्ड कपः थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा
फागुन १०, २०८१ शनिबार
ओडिसाका मुख्यमन्त्रीलाई परराष्ट्रमन्त्रीले भनिन्– दोषीमाथि कारबाही होस्
फागुन १०, २०८१ शनिबार
कुम्भमेलाबाट फर्किएका ४ नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, ६ जना घाइते
फागुन १०, २०८१ शनिबार
मुग्लिन-पोखरा सडकः दमौली बजारमा कालोपत्र गर्न थालियो
फागुन १०, २०८१ शनिबार
कांग्रेस बलियो भएर पनि कमजोरजस्तो देखिएको छ : प्रकाशमान सिंह
फागुन १०, २०८१ शनिबार
राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छः प्रधानमन्त्री
फागुन १०, २०८१ शनिबार
बागमती गोल्ड कपः थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा
फागुन १०, २०८१ शनिबार
ओडिसाका मुख्यमन्त्रीलाई परराष्ट्रमन्त्रीले भनिन्– दोषीमाथि कारबाही होस्
फागुन १०, २०८१ शनिबार
कुम्भमेलाबाट फर्किएका ४ नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, ६ जना घाइते
फागुन १०, २०८१ शनिबार
मुग्लिन-पोखरा सडकः दमौली बजारमा कालोपत्र गर्न थालियो
फागुन १०, २०८१ शनिबार