मधेश सरकार सुनिश्चित नभएसम्म जसपाले केन्द्रको निर्णय नगर्ने
नेपालबहस संवाददाता
फागुन २३, २०८० बुधबार १३:१८:३
२३ फागुन, काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेश सरकारको नेतृत्वको सुनिश्चित नभएसम्म केन्द्रसरकारमा नजाने निर्णय गरेको छ । आजको बैठक मन्त्री छनोट नगरी सकिएको छ । सोमबारदेखि लगातार बुधबारसम्म बसेको बैठकमा सरकारमा पठाउने मन्त्रीका विषयमा कुनै निर्णय नभएको बताइएको छ ।
बैठकले सङ्घीय सरकारमा सहभागी हुनका लागि मधेस प्रदेशको सरकारलाई बटमलाइन बनाएको हो । आजको बैठकमा मन्त्रिपरिषद्मा पठाउने नेताको नाम चयन गर्नुभन्दा पहिले मधेश प्रदेशको सरकार र संघीय सरकारमा पार्टीले पाउने मन्त्रालयको टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुने बारेमा अन्तिम निर्णय गर्नुपर्ने सुझाव नेताहरुले दिएका छन् ।
त्यसपछि कुनै निर्णय नगरिकन अध्यक्ष यादव, नेताहरु राजेन्द्र श्रेष्ठ, मनिष सुमन र रकम चेम्जोङ छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटार गएको स्रोतको दाबी छ ।
बैठकमा अधिकांश सांसद र कार्यकारिणी सदस्यले अहिलेकै परिस्थितिमा सरकारमा सहभागी हुन नहुने धारणा राखेका छन् । आज बसेको जसपा कार्यकारिणी समिति बैठक पुनः बस्ने गरी सकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार