पोखरामा ललितकला प्रदर्शनी सकियो
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार ७:३:२३
२४ फागुन, अन्नपूर्ण (कास्की)। पोखरामा यही फागुन १९ गतेदेखि सुरु भएको ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सकिएको छ । पोखरा नयाँ बजारमा रहेको पोखरा आर्ट ग्यालरीको प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रदर्शनी भएको थियो । सिर्जनशील कलाकार समूहसँगको सहकार्यमा सुरु भएको यो प्रदर्शनी पाँच दिनसम्म सञ्चालन भएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका कला, भाषा, साहित्य, संस्कार र संस्कृतिको पक्षमा सकारात्मक रहेको बताए। “मैले पदभार ग्रहण गरेको २० महिना भयो । अहिलेसम्म एकजना पनि प्रस्ताव लिएर आउनुभएको छैन”, उनले भने, “प्रस्ताव लिएर आउनुस् मिलेर काम गरौँ ।” महानगरको स्थापना दिवसका अवसरमा पृथ्वीचोकमा कोसेली घरको शिलान्यास गरिने र यसमा पुस्तकालय र आर्ट ग्यालरी राखिने समेत उनले जानकारी दिए।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनी हर्तम्छालीले ‘सामाजिक रुपान्तरणः ललितकलाको अभियान’ भन्ने नाराका साथ कार्यक्रम गरिएको बताए । प्रतिष्ठानको काम व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजना अगाडि सारेको कुलपति हर्तम्छालीले बताए ।
सोही कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठले प्रदर्शनीले कलाको गुणस्तर वृद्धि भएको बताए । यसले जीवनसँग जोडिएका कलालाई समयको दस्तावेजका रूपमा राख्न सक्नुपर्नेमा उनको जोड थियो । पोखरा महानगरपालिकाले मायाको चिनो र कोसेलीका रूपमा कलाकारको तस्वीर तथा कलाकृति दिन साहित्यकार श्रेष्ठले सुझाव दिए ।
प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका ७४ वटा कला प्रदर्शनमा राखिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए। प्रादेशिक प्रदर्शनीमा सामेल भएकामध्ये ३५ कलाकृति काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीका लागि छनोट भएका छन् ।
राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई रु एक लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई रु ६० हजार नगद पुरस्कार रहेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिस्पर्धा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार