याक्थुङ-लिम्बू सांस्कृतिक महोत्सव आजदेखि
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार ७:४८:२८
२४ फागुन, फिक्कल (इलाम)। कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले इलाममा आजदेखि ‘प्रथम आदिवासी याक्थुङरलिम्बू सांस्कृतिक महोत्सव आयोजना हुँदैछ । किराँत याक्थुम चुम्लुङको आयोजनामा इलाम चोब बजारमा हुने सो महोत्सव दुई रहने छ ।
महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, भेषभूषा प्रदर्शन, सांस्कृतिक परिकार प्रदर्शन र समसामयिक विषयको विभिन्न कार्यपत्रमाथि छलफल गरिने चुम्लुङ इलामको अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिए ।
महोत्सवको पहिलो दिन आज सांस्कृतिक झाँकीसहित च्याब्रुङ नाच (केःलाङ), धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायत सांस्कृतिक कला प्रस्तुति र लिम्बू पोशाक प्रदर्शनी गरिने उनले बताए । “कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्न आयोजित महोत्सवमा करिब दुई सय बढी च्याब्रुङ नृत्य (केःलाङ) सहितको सांस्कृतिक कला रहनेछन्, अन्य कलाकारसहित एक हजार बढीको प्रस्तुति रहनेछ”, उनले भने, “तागा (पुरुषले लगाउने सांस्कृतिक पोशाक) र मेख्ली (महिलाले लगाउने सांस्कृतिक पोशाक) पनि प्रदर्शन गरिनेछ ।”
शुक्रबार समसामयिक विषयका विभिन्न कार्यपत्र प्रस्तुत र छलफल गरी सबै सहभागीहरूलाई तरेचा (लिम्बू सांस्कृतिक परिकार)मा सहभागी गराइने अध्यक्ष सोङ्मीले बताए । त्यस्तै अन्य सांस्कृतिक परिकारहरू तोङ्बा (एक प्रकारको जाँड), फिलिङ्गेको अचार, किनामाको अचार र याङबेनको स्वाद चखाएर बिदाइ गरिने उनले बताए ।
छलफलमा ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) संरक्षणको अवस्था र भावी योजना, मुन्धुम निसाम हिम अवधारणा, याक्थुङ/लिम्बू भाषा विकासको योजनालगायतका विषयमा छलफल प्रचारप्रसार सहसंयोजक अतित योङहाङले जानकारी दिए । त्यस्तै इलाममा विजयबहादुर लिम्बू र आसाहाङ मादेनको योगदानको चर्चासमेत गरिने उनले जानकारी दिए ।
महोत्सवमा याक्थुङ र लिम्बू जातिको बाहुल्य रहेको पूर्वका नौ, उपत्यकाका तीन जिल्ला र चितवन गरी १३ जिल्ला र चारवटा विदेशस्थित चुम्लुङ शाखाबाट सहभागी हुने आयोजकले जनाएको छ ।
नयाँ र पुराना पुस्ता मिलेर पुर्ख्यौली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको सहसंयोजक योङहाङले बताए । “कला, संस्कृति र परम्परा भनेको आदिवासी जनजातिको पहिचान हो, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पहिचान जोगाउन युवापुस्ताले चासो देखाउनुपर्छ”, उनले भने, “पुरानो कला, संस्कृति र परम्परा हाम्रो सम्पत्ति हुन्, त्यसैले यसको संरक्षण र सीप हस्तान्तरण आवश्यक छ ।”
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा लिम्बू जातिको जनसङ्ख्या तीन लाख ५९ हजार तीन सय ७९ रहेकामा इलाममा मात्र ४५ हजार सात छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनगढीमा ‘नवौं बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु
पुष ९, २०८१ मंगलबार
आज देखि पोखरामा बेलुन महोत्सव
पुष ९, २०८१ मंगलबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार