सत्ता समीकरणसँगै प्रतिनिधिसभाका आसनमा फेरबदल
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १३:१८:१३
२४ फागुन, काठमाडौं । प्रतिनिधिसभाको आसन फेरिएको छ । सत्ता समीकरण फेरिएसँगै प्रतिनिधिसभाको बैठकमा दलहरूको आसन पनि बदलिएको हो । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बेन्चमा सरेको छ भने नेकपा एमाले सत्ता पक्षको बेन्चमा सरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलगायत दलसहितको सहकार्य तोडेर नेकपा एमालेसहितको गठबन्धन बनाएपछि आसन फेरिएको हो । यसअघि प्रमुख प्रतिपक्षमा रहँदै आएको एमाले सत्तापक्ष भएको छ । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सत्तापक्ष भएको छ ।
यसअघि सत्तापक्षमा रहँदै आएको कांग्रेस प्रमुख प्रतिपक्ष दल बनेको छ । यसअघि सरकारमा रहेका अरू दलहरूको आसन पनि फेरिएको छ । यसअघि सत्तापक्षमा रहेको नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) भने सत्तापक्षमै छन् ।
संसद सचिवालयका अनुसार बिहीबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सत्तापक्षको बेन्चमा बसेका छन् ।
एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२, एकीकृत समाजवादीका १० र नाउपाका ४ जना सांसद छन् । उनीहरू सत्ता पक्षमा बसेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार