‘रङ्गेली’को प्रिमियर पछि चलचित्रले पायो वाहवाही, रुकुमदेखि आए दया र मिरूना !
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १४:३:१
२४ फागुन, काठमाडौं । प्रतीक्षित नेपाली चलचित्र ‘रङ्गेली’को प्रिमियर शो आयोजना भएको छ । बुधवार बेलुकी काठमाडौंको कमलपोखरीस्थित बीग मुभिजमा आयोजना भएको प्रिमियरमा यसका प्रमुख दुई कलाकार दयाहाङ राई र मिरुना मगर आकर्षणको केन्द्रमा रहे ।
दयाहाङ र मिरुना यही प्रिमियरको लागि रातारात रुकुमको तक्सेराबाट काठमाडौं आइपुगेका थिए । त्यहाँ चलचित्र ‘घरज्वाईं’को छायाङ्कनमा रहेका कलाकार द्वयसँगै छायाकार सुशन प्रजापति पनि प्रिमियरको लागि रुकुमबाट आएका थिए । दया र मिरुनाले यो चलचित्र आफ्नो करियरको लागि कोशे ढुङ्गा साबित हुने बताउँदै आएका छन् ।
प्रिमियर पछि चलचित्रमा दयाको ग्याङस्टर चरित्र र मिरुनाको अप्रत्याशित भूमिकाको प्रशंसा भएको छ । अर्जुन सुवेदीले पहिलो पटक लेखन तथा निर्देशन गरेको यो चलचित्रबाट उनले नेपाली चलचित्र उद्योगले गतिलो निर्देशक पाएको भन्दै प्रशंसा भएको छ । निर्धारित समयभन्दा केही ढिलो प्रिमियर प्रदर्शन सुरु भएता पनि पत्रकार तथा चलचित्रकर्मीसहित झन्डै चार सय पाहुनाले राती ११ बजेसम्म बसेर ‘रङ्गेली’ हेरेका थिए ।
प्रिमियरमा चलचित्रको क्लाइमेक्स र यसको अन्त्यमा सबैले वाह वाही गरेका थिए । अप्रत्याशित रूपमा अन्त्यमा आउने पात्र ९आर्यन सिग्देल०को दमदार केमियोको व्यापक चर्चा भएको छ ।
प्रिमियरमा सहभागी हुँदै दयाले भने, “हामी मङ्गलवार राती ११ बजेतिर मात्र रुकुमबाट हिँडेका थियौँ । मिरुना २ दिनदेखि बिरामी थिइन् । बाटोमा विभिन्न समस्याहरू झेल्दै प्रिमियरकै लागि भनेर अनिदो अवस्थामा आइपुगेका छौँ । यो चलचित्रबाट निकै आशा छ ।’ एउटै भूमिकामा देख्दै आएका दर्शकले आफूमा नयाँ चरित्र देख्ने बताउँदै दयाले आफूले सधैँ पात्रको इमोशन र दर्शकलाई ‘कनेक्ट’ गराउने प्रयास गर्ने गरेको बताए । “यसमा पनि मैले सोही कोसिस गरेको छु । मेरो चरित्रमा आफू पावरमा आउनको लागि गरिएका कामहरू र मानवताको प्रदर्शन छ”, उनले बताए ।
बिरामी र अनिद्रामा रहेकी मिरुनाले चलचित्र हेर्न थालेपछि निद्रा सबै हराएको प्रतिक्रिया दिइन् । चलचित्र हेरिसकेपछि मिरुनाले दयालाई फरक भूमिकामा हेर्दा गज्जब लागेको बताइन्, “उहाँले गहिरो रूपमा पात्रलाई केलाएर अभिनय गर्नुहुन्छ । उहाँले यसमा ग्रे जोनमा बस्ने पात्रको अभिनय गरेर एकदम राम्रो काम गर्नुभएको छ ।” उनले शालीन जुनकिरी (मिरुना)बाट शक्तिशाली जुनकिरी बन्दै जाने यो चलचित्रको स्क्रिप्ट पढ्ने बित्तिकै काम गर्न उत्साहित भएको स्मरण गरिन् ।
चलचित्रका निर्देशक सुवेदीले आफूले चलचित्रमा भन्न खोजेको विषयलाई इमानदारीताका साथ ‘रङ्गेली’मा प्रस्तुत गरेको बताए । प्रिमियरमा हेर्नेहरूबाट प्राप्त प्रतिक्रियाबाट आम दर्शकको रोजाइमा यो चलचित्र पर्छ भन्नेमा विश्वास रहेको उनले जनाए ।
बुधबारदेखि नै रङ्गेलीको अग्रिम टिकट बुकिङ खुल्ला भइसकेको छ । ‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ र मिरुनाको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार