खेलाडी गिज्याउने खेल पूर्वाधार !

नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १४:४७:१२

२४ फागुन, बागलुङ । क्रङ्क्रिटको ५० मिटरको पर्खालबाट छरपष्ट निस्किएका रडमा खिया लाग्न थालेका छन् । पर्खाल वरपरको क्षेत्र झाडीले पुरिएको छ । पाँच वर्षअघि निर्माण हुँदाहुँदै बीचमै रोकिएको बागलुङको बाङ्गेचौर खेल मैदानको पूर्वाधारले खेल क्षेत्रलाई गिज्याइरहेको छ ।
रङ्गशाला विस्तार गर्न हाल भइरहेको खेल मैदानभन्दा ५० मिटर तल क्रङ्क्रिटको पर्खाल लगाउन थालिए पनि बीचमै अलपत्र पर्दा रडमा खिया लागेका छन् । रामरेखा सामुदायिक वनभित्र पर्ने उक्त पूर्वाधारको अघि र पछि सल्लाका रुख हटाउन नसक्दा जङ्गलको बीचमा ठडिएको पर्खालले जो कोहीलाई अचम्मित पार्ने गरेको छ ।
बागलुङको बाङ्गेचौर खेल मैदानलाई आधारभूत रङ्गशाला बनाउनका लागि थालिएको पूर्वाधार निर्माण अहिले पाँच वर्षदेखि अलपत्र बनेको छ । पाँच वर्षअघि मात्रै सङ्घीय सरकारको रू ५० लाख र गण्डकी प्रदेश सरकारको रू ३० लाख गरी रू ८० लाखको लगानीमा निर्माण थालिएमा काम रोकिँदा बनेका पूर्वाधार पनि बिग्रन थालेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
उनका अनुसार रङ्गाशाला बनाउन रकम आएर पूर्वाधार विस्तार गर्न थालिए पनि जङ्गलका रुख बाधक बनेपछि अहिले पूर्वाधार बिग्रन थालेको हो । “रङ्गशाला बनाउन धेरै पहिला पहल भएको थियो, बजेटले निरन्तरता पाउन सकेन, पहिला बनाएको पूर्वाधारसमेत जीर्ण बन्न थालेको छ”, उनले भने ।
पूर्वाधार निर्माणका लागि पछिल्लो समय बागलुङ नगरपालिका र सङ्घीय सरकारले साझेदारीमा बजेट विनियोजन भएको अध्यक्ष खड्काले बताए । “खेल क्षेत्रमा राज्यको दृष्टिकोण कम छ, बजेट आए पनि रुख काट्न नसक्दा अहिले काम हुन सकेको छैन । भएका पूर्वाधार समेत जोगाउन समस्या भइरहेको छ”, उनले भने ।
सङ्घीयता पछि नै दुई पटक स्थानीय सरकारका जनप्रतिनिधि आएका भन्दै बाङ्गेचौरलाई रङ्गशाला बनाउने योजना पूरा नभएको खेलप्रेमीहरु बताउँछन् । तत्कालीन समयमा पूर्वाधार निर्माण गरिएको योजनामा बजेट नआए पनि स्थानीय र सङ्घको साझेदारीमा बहुवर्षे योजनाअन्तर्गत रू आठ करोड बजेट सुनिश्चितता भएको छ ।
निर्माणस्थलमा पर्ने करिब एक सय ५० रुख काट्न नसक्दा उक्तसमेत बजेट फ्रिज भइसकेको अध्यक्ष खड्काको भनाइ छ । “बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बाङ्गेचौर खेल मैदानलाई रङ्गशाला बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बन्यो, काम थालियो तर पूर्वता भने पाउने सकेन”, उनले भने, “रङ्गशालाको डिपिआरअनुसार खेल मैदानको पूर्वपट्टी गरिएको ८० लाख लगानी खेर जाने अवस्थामा पुगेको छ ।”
डीपीआरअनुसारको रङ्गशाला बनाउन पूर्वपट्टी मात्रै रू आठ करोड खर्च गर्ने भनिए पनि बजेट कार्यान्वयन गर्न नसक्दा यसै वर्षदेखि साझेदारीको बजेट आउन छोडेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्काले बताए ।
बागलुङ नगरपालिकाले बाङ्गेचौर खेल मैदानलाई आधारभूत रङ्गशाला बनाउने गरी समपूरक योजनामा समावेश गरेको चार वर्ष भएको छ । लगातार बजेट आउँदासमेत बजेट कार्यान्वयन हुन नसकेको स्थानीय बताउँछन् ।
नगरपालिकाको रू चार करोड ११ लाख र राष्ट्रिय योजना आयोगको सिफारिसमा विनियोजन भएको रू चार करोड ११ लाख बजेट तीन वर्षदेखि लगातार आए पनि कार्यान्वयन गर्न नसकिएको नगरपालिका कार्यालयले जनाएको छ ।
डीपीआरमा उल्लेख भएअनुसार रामरेखा सामुदायिक वनभित्रको झण्डै एक सय ५० रुख फँडानी गर्नुपर्नेमा बहुवर्षीय योजनाका रुपमा बजेट विनियोजन हुँदा पनि वातावरणीय मूल्याङ्कनले रुख कटान सम्बन्धी अध्ययन गर्न एक वर्ष लाग्ने भन्दै कटान रोकोकाले बजेट कार्यान्वयनमा नआएको नगर कार्यालयको भनाइ छ ।
तत्कालीन खेलकूद विकास समितिका अध्यक्ष धनबहादुर परियारको नेतृत्वमा पाँच वर्षअघि रङ्गशालाको विस्तृत प्ररियोजना प्रतिवेदन (डीपीआर) रू ३० लाख खर्चेर तयार गरिएको थियो । डिपिआरमा रङ्गशाला बनाउन रू ३० करोडभन्दा बढी खर्च लाग्ने उल्लेख गरिएको छ ।
डीपीआरअनुसार उपल्लो भागमा मध्यपहाडी लोकमार्गले छोएकाले तल्लोभागमा मैदान बढाउनुपर्ने र मैदान बढाउदा एक सय ५० भन्दाबढी सल्लाका रुख कटान गर्न आवश्यक देखिएको छ । सोहीअनुसार पूर्वमा पाँच वर्षअघि नै पूर्वाधार निर्माण गर्न थालिएको थियो । तत्कालीन समयमा रुख कटान गर्न नसक्दा पूर्वाधार निर्माण बीचमै रोकिएको थियो ।
वातावरणीय प्रभाव मूल्याङ्कन नगरी रुख काट्न नगरपालिकाले नसक्ने बागलुङ नगरपालिकाका इञ्जिनियर सोविन घर्तीले जानकारी दिए । खेल मैदानको पूर्वतर्फ प्याराफिटलगायतको संरचना निर्माण भइसक्ने बेलामा बजेट कार्यान्वयनमा आउन नसक्नु दुःखद् रहेको भन्दै उनले वन मन्त्रालयमा प्रतिवेदन थन्किँदा बजेट फर्केको बताए ।
घर्तीले पहिलै पूर्वपट्टी सङ्घ र प्रदेशको योजनामा केही क्रङ्क्रिटको पर्खाल लगाइएकामा उक्त पर्खालबाट निस्किएका रडमा खिया लागिसकेको जानकारी दिए । करिब ३५ रोपनी जग्गामा फैलिएको खेलमैदानमा रङ्गशाला बनाउन समन्वयको अभाव रहेको पाइएको जिल्ला फुटबल सङ्घ बागलुङका कोषाध्यक्ष सूर्य लामिछानेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयसरी बन्दै छ ४ सय केभी लप्सी फेदी सबस्टेसन
फागुन १०, २०८१ शनिबार
हात्तीवन क्षेत्रमा हिजो साँझबाट लागेको डढेलो नियन्त्रणको प्रयास गर्दै: फोटोफिचर
फागुन ८, २०८१ बिहिबार
टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस २०८१
फागुन ७, २०८१ बुधबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १०, २०८१ शनिबार
जलहरी प्रकरणमा ३ जनालाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन
फागुन ९, २०८१ शुक्रबार
बागमती गोल्ड कपः थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा
फागुन १०, २०८१ शनिबार
ओडिसाका मुख्यमन्त्रीलाई परराष्ट्रमन्त्रीले भनिन्– दोषीमाथि कारबाही होस्
फागुन १०, २०८१ शनिबार
कुम्भमेलाबाट फर्किएका ४ नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, ६ जना घाइते
फागुन १०, २०८१ शनिबार
मुग्लिन-पोखरा सडकः दमौली बजारमा कालोपत्र गर्न थालियो
फागुन १०, २०८१ शनिबार
कांग्रेस बलियो भएर पनि कमजोरजस्तो देखिएको छ : प्रकाशमान सिंह
फागुन १०, २०८१ शनिबार
राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छः प्रधानमन्त्री
फागुन १०, २०८१ शनिबार
बागमती गोल्ड कपः थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा
फागुन १०, २०८१ शनिबार
ओडिसाका मुख्यमन्त्रीलाई परराष्ट्रमन्त्रीले भनिन्– दोषीमाथि कारबाही होस्
फागुन १०, २०८१ शनिबार
कुम्भमेलाबाट फर्किएका ४ नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, ६ जना घाइते
फागुन १०, २०८१ शनिबार
मुग्लिन-पोखरा सडकः दमौली बजारमा कालोपत्र गर्न थालियो
फागुन १०, २०८१ शनिबार
कांग्रेस बलियो भएर पनि कमजोरजस्तो देखिएको छ : प्रकाशमान सिंह
फागुन १०, २०८१ शनिबार
राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छः प्रधानमन्त्री
फागुन १०, २०८१ शनिबार
बागमती गोल्ड कपः थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा
फागुन १०, २०८१ शनिबार
ओडिसाका मुख्यमन्त्रीलाई परराष्ट्रमन्त्रीले भनिन्– दोषीमाथि कारबाही होस्
फागुन १०, २०८१ शनिबार
कुम्भमेलाबाट फर्किएका ४ नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, ६ जना घाइते
फागुन १०, २०८१ शनिबार
मुग्लिन-पोखरा सडकः दमौली बजारमा कालोपत्र गर्न थालियो
फागुन १०, २०८१ शनिबार