संसदमा गिरिजाप्रसाद कोइरालाबारे माओवादीको बखान
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १५:१४:२७
२४ फागुन, काठमाडौं । नेकपा माओवादीले गिरिजाप्रसाद कोइरालाको बखान गरेर आफूलाई चोख्याउने प्रयास गरेको छ । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोइरालाको निर्देशनलाई अनुसरण गरिरहेको उसको भनाइ छ ।
माओवादीका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले राजनीतिक बेइमान भनी गरेको टिप्पणीको खण्डन गर्दै कोइरालाको स्मरण गरे । उनले सत्ता गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले प्रचण्डलाई राजनीतिक बेइमान भनी टिप्पणी गरेको प्रति उनले आपत्ति जनाए ।
बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै माओवादी सांसद पौडेलले कांग्रेसले गरेको टिप्पणीको खण्डन गर्दै कांग्रेसकै नेता गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै गिरिजा प्रसाद कोइरालालाई सबैले सम्मान गर्ने र कांग्रेसले भन्दा आफूहरूले बढी सम्मान गर्ने बताए ।
माओवादी सचिव पौडेलले थपे, ‘गिरिजा प्रसाद कोइरालाले ठिकै व्यक्ति छान्नुभएछ । अब यो देश सबै हिसाबले तपाईंले सम्हाल्नु होला भनेर कमरेड प्रचण्डलाई जिम्मा लगाएको कुरा साँचो हो ।’
प्रधानमन्त्री प्रचण्डले आफू बाँचुन्जेल उथलपुथल हुन्छ भनी दिएको सार्वजनिक अभिव्यक्तिको बचाउ गर्दै उनले भने, ‘कोही पनि आतंकित हुन जरुरी छैन । गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी प्रधानमन्त्रीले पूरा गर्दै हुनुहुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार