ग्लोबल आईएमई बैंकका थप ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, पाँचहजार बढीको सहभागिता
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १७:३८:२०
२४ फागुन, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको बैंकले जानकारी दिएको छ ।
मुलुकका विभिन्न जिल्लाका ४१ स्थानमा सञ्चालित कार्यक्रममा ५ हजार भन्दा बढी व्यक्तिहरूलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ ।
बैंकका अनुसार कोशी प्रदेशको झापा जिल्ला, दमक नगरपालिका र मोरङ जिल्लाको विराटनगर महानगरपालिकामा आयोजना गरेका कार्यक्रमहरूमा २५० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो । मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा गरिएको कार्यक्रममा १०० भन्दा बढिको सहभागिता थियो ।
त्यस्तै बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका, मन्थली नगरपालिका, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, धादिङ जिल्लाको गल्छी गाउँपालिका, रसुवा जिल्लाको कालिका गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिकामा आयोजित कार्यक्रमहरूमा १२ सय भन्दा बढि व्यक्तिहरूको सहभागिता रहेको बैंकले जनाएको छ ।
त्यसैगरी, गण्डकी प्रदेश अन्तर्गत स्याङजा जिल्लाको वालिङ नगरपालिका, नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका, विनयी–त्रिवेणी गाउँपालिका, लमजुङ जिल्लाको बेँसीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिकाको कार्यक्रममा ९०० भन्दा बढी स्थानीयहरूकाे सहभागिता रहेको थियो ।
लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका, बाणगङ्गा नगरपालिका, दाङ जिल्लाको दंगीशरण गाउँपालिका, राप्ती गाउँपालिका, गुल्मी जिल्लाको मालिका गाउँपालिका, मुसीकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, नवलपरासी जिल्लाको रामग्राम नगरपालिका, पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका, रोल्पा जिल्लाको रोल्पा नगरपालिका, रुपन्देही जिल्लाको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिकामा आयोजित कार्यक्रममा २५ सय भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो ।
साथै, सुदूरपश्चिम प्रदेश अन्तर्गत बैतडी जिल्लाको डिलासैनी गाउँपालिका, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाको कार्यक्रममा २०० भन्दा बढी लक्षित वर्गहरुको सहभागिता थियो । यससँगै ग्लोबल आईएमई बैंकले ७६ शाखा कार्यालयहरूबाट ९ हजार भन्दा बढी लक्षित वर्गहरुलाई विभिन्न सचेतनात्मक तथा वित्तीय सुरक्षासम्बन्धी जानकारी प्रदान गरी बैंकिङ्ग कारोबार गर्न उप्रेरित गरेको छ । यस आर्थिक वर्षमा बैंकले आफ्ना ३५० भन्दा बढी शाखाहरुमार्फत यस्ता लक्षित वर्गको सहभागितामुलक कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको बैंकले जानकारी दिएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।
ग्लोबल आईएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगलत प्रक्रियाबाट जग्गा लिलाम गरेपछि कृषि विकास बैंकको लहानमा शाखामा ऋणीले लगाए ताला
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
नक्कली डाक्टर बनेर लुटपाट गरेपछि...
पुष १२, २०८१ शुक्रबार
बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि
पुष १२, २०८१ शुक्रबार
श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघे काठमाडौं आउँदै
पुष १२, २०८१ शुक्रबार
बागमती बगरमा तरुल उत्पादन गर्दै किसान
पुष १२, २०८१ शुक्रबार
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
पुष १२, २०८१ शुक्रबार
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण: स्वास्थ्यमन्त्री पौडेल
पुष १२, २०८१ शुक्रबार