गुजरात राज्यका ४ मन्त्रीहरुद्धारा संयुक्त रुपमा इलेक्ट्रोलाइजर अनावरण
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १७:५८:६
२४ फागुन, काठमाडौं । नेपालको हरित हाइड्रोजनमा योगदान पुर्याउन चाहेको भारतको ग्रीन जो इनर्जी इण्डिया लिमिटेडले हरित हाइड्रोजन उत्पादनका लागि आवश्यक एल्कलाइन इलेक्ट्रोलाइजर औपचारिक रुपमै अनावरण गरेको छ । भारतको गुजरात राज्यका मन्त्रीहरूले सो अनावरण गरेका हुन् । उनीहरुले पर्यावरण र आर्थिक वृद्धिका लागि यो महत्वपूर्ण सावित हुने बताए । कार्यक्रममा गुजरात राज्यका मन्त्रीहरू सम्मिलित कार्यक्रममा भारतमै उत्पादन भएको इलेक्ट्रोलाइजर अनावरण गरिएको थियो ।
एक मेगावाट हाइड्रोजन उत्पादन क्षमताको यो इलेक्ट्रोलाइजरले पानीबाट ग्रीन हाइड्रोजन बनाउँछ । भारतमा अहिले कार्बन उत्सर्जन गर्ने ग्याँसबाट हाइड्रोजन बनाउने गरिएको छ । तर, यो इलेक्ट्रोलाइजरले हरित हाइड्रोजन उत्पादन गर्छ । यसले स्वच्छ वातावरणमा टेवा पुर्याउँछ । यो अनावरण भएसँगै ग्रीन हाइड्रोजन उत्पादनका लागि कोशेढुंगा सावित भएको छ ।
भारतमै हरित हाइड्रोजन उत्पादन गर्ने यो इलेक्ट्रोलाइजर पहिलो हो । ग्रीन जो इण्डिया लिमिटेडले २५० मेगावाट क्षमताको इलेक्ट्रोलाइजर बनाउन सुरु गरिसकेको छ । अहिले १ मेगावाट क्षमताको अनावरण गरिएको हो । गुजरात राज्यका उद्योगमन्त्री बलवंतसिंह राजपूतले अनावरण कार्यक्रमलाई सम्बोधन गरेका थिए । एमएसएमई मन्त्री जगदीश विश्वकर्मा, मुकेश पटेल पर्यावरण मन्त्री, हर्ष संघवी गृहमन्त्री मंगलबारको शोभायात्रा कार्यक्रममा सहभागी थिए । उनीहरुले भारतमै उत्पादन इलेक्ट्रोलाइजर यो क्षेत्रकै लागि सस्तो र किफायतीसँगै उपयोगी हुने बताए ।
गुजरातको सनान्दमा रहेको ग्रीन जाे इनर्जी इण्डिया लिमिटेडका संस्थापक एवं प्रबन्ध निर्देशक सन्दीप अग्रवालले आफ्नो समूहले एक मेगावाट उत्पादन गर्न सक्ने अल्कलाइन इलेक्ट्रोलाइजर बनाउनुलाई निकै महत्वपूर्ण ठानेका छन् । अग्रवालले भने, ‘यो पर्यावरण संरक्षणका लागि निकै महत्वपूर्ण हो ।’
हरित हाइड्रोजन उत्पादनमा आवश्यक अल्कलाइन इलेक्ट्रोलाइजर बजारमा ल्याउँदै गर्दा नेपाल लगायतका मुलुकका लागि पनि फाइदा हुने प्रबन्ध निर्देशक अग्रवालले विश्वास दिलाए । नेपाल पनि यो अभियानमा जोडिनुपर्ने उनको तर्क थियो । ग्रीन जो इनर्जीले अहिले ५ मेगावाट हरित हाइड्रोजन उत्पादन गर्न सक्ने इलेक्ट्रोलाइजर बनाउँदैछ ।
पर्यावरणमा योगदान पुर्याउँदै आएको ग्रीन जो इनर्जीले सस्तो सुलभ इलेक्ट्रोलाइजर मात्र होइन नेपालमा हाइड्रोजन उत्पादनका लागि पनि इच्छा देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
विद्युत प्राधिकरणले गएको चार महिनामा भारतलाई १२ अर्ब ७२ करोडको बिजुली बेच्यो
मंसिर ५, २०८१ बुधबार
सत्र सयको श्रमदानः मल्पी–लिलावती सिँचाइ कुलो पुनःनिर्माण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
सहकारी पीडितहरुद्धारा पुल्चोकस्थित आयोगको कार्यालय घेराऊ
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार
चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागु : विदेश मन्त्रालय
मंसिर ७, २०८१ शुक्रबार