आगामी निर्वाचनमा नेकाले कसैसँग गठबन्धन गर्न हुँदैन् : डा. शशाङ्क कोइराला
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १८:१२:३१
२४ फागुन, मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले पार्टी नेतृत्वले महिलालाई सम्मानजनक स्थान र अवसर दिनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नं ४ द्वारा आज जिल्ला पार्टी कार्यालय विराटनगरमा आयोजित ‘ नेपाली कांग्रेस र अबको बाटो’ विषयमा भएको छलफलमा उनले सबै क्षेत्रमा महिलालाई पुरुष बराबर अवसर दिएर पार्टीप्रति आकर्षित गर्नुपर्छ भने । नेता कोइरालाले पार्टीमा गुटबन्दीको होइन विचारको राजनीति गर्नुपर्छ भने । उनले क्षेत्र, जिल्ला र पालिकालाई अधिकार दिन पार्टीको विधान संशोधन गर्नुपर्ने बताए । आगामी निर्वाचनमा नेकाले कसैसँग गठबन्धन गर्न नहुने बताए।
सङ्घीय सांसद सुनिल शर्माले पार्टीले क्रियाशील सदस्यहरूको बहुमतका आधारमा टिकट वितरण गर्नुपर्ने बताउँदै २०८४ को निर्वाचनका निम्ति आजैदेखि लाग्नुपर्नेमा जोड दिए ।
कोशी प्रदेश सभाका सदस्य अमृत अर्याल र पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले अबको बाटो चुनौतीपूर्ण रहेकाले जनताका समस्या समाधानमा पार्टी लाग्नु पर्ने सुझाव दिए । क्षेत्रीय सभापति विनोद बस्नेत र मोरङ जिल्लाका कार्यवाहक सभापति भक्तिनाथ माझीले पार्टी नेतृत्वले गुटबन्दीलाई दुरुत्साहन गर्नुपर्छ भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार