चिकित्सक संघको मधेस प्रदेश संयोजकमा डाक्टर निरज सिंह
आबिद हुसेन
फागुन २४, २०८० बिहिबार १८:१५:६
२४ फागुन, वीरगञ्ज । वीरगञ्जका चिकित्सक डाक्टर निरज कुमार सिंहको संयोजकत्वमा नेपाल चिकित्सक संघको मधेस प्रदेश कमिटि गठन गरिएको छ । जनकपुरमा सम्पन्न चिकित्सक संघको मधेस समिटबाट डाक्टर सिंहको संयोजकत्वमा १३ सदस्यिय मधेस प्रदेश कमिटी गठन गरिएको हो ।डाक्टर सिंह चिकित्सक संघका केन्द्रिय उपाध्यक्षपनि हुन् ।
नवगठित संघको मधेस प्रदेश कमिटिको उपाध्यक्षमा नेपाल चिकित्सक संघ लहान शाखाका अध्यक्ष डा. सुभाष चौधरी र सचिवमा संघको जनकपुर शाखाका अध्यक्ष डा. रामजी यादवले जिम्मेवारी पाएका छन् । यस्तै सहसचिवमा डा. काली प्रसाद यादव र कोषाध्यक्षमा नारायणी शाखाका सचिव डा.नौसाद हक चयन भएका छन् ।
यस्तै सदस्यमा नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा.मनोज कुमार गुप्ता, बारा जिल्ला प्रतिनिधि डा. मनोज यादव, रौतहटका डा. कौशर आलम, महोत्तरीका डा.आरती साह, लहान शाखाका डा.ओमप्रकाश चौधरी, सगरमाथा शाखा सचिव डा. सन्तोष यादव, जनकपुर शाखा सचिव डा.रामज्ञान यादव, सर्लाहीका डा. गुनेश्वर झा रहेका छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार