बुढासुब्बा गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १८:४९:३०
२४ फागुन, धरान । बुढासुब्बा गोल्डकपको २४ औँ संस्करणको तयारी पूरा भएको छ । यही फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेलतालिका पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आयोजक धरान फुटबल क्लबले तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा आठ समूहले प्रतिस्पर्धा गर्नेछन् ।
फागुन २६ गतेको उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारतको युकेएफसीबीच हुनेछभने फागुन २७ मा एनआरटी र त्रिभुवन आर्मी क्लब भिड्ने छन् । फागुन २८ गते नेपाल पुलिस क्लब र मोरङ फुटबल क्लब र फागुन २९ गते काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र चर्च ब्वाईज युनियनबीच स्पर्धा हुनेछ ।
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार विजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित पदक तथा पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले नगद रु एक लाख, प्रत्येक खेलको म्यान अफ द म्याचले रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकरका साथै उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु २५ हजार र प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई नगद रु ३५ हजार प्रदान गरिनेछ । प्रतियोगिता सञ्चानका लागि रु ७७ लाख ६० हजार आम्दानी र रु ६६ लाख ५५ हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाभी अब बार्सिलोनाको मुख्य प्रशिक्षक नरहने
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
बायर्नको प्रशिक्षक बन्दै भिन्सेन्ट कम्पनी !
जेठ १०, २०८१ बिहिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
सैनिक मञ्च टुँडिखेलमा १७ औं गणतन्त्र दिवसको विशेष समारोह
जेठ १५, २०८१ मंगलबार
बजेटबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्
जेठ १५, २०८१ मंगलबार
साउदी लिगमा रोनाल्डोको किर्तिमान
जेठ १५, २०८१ मंगलबार
दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्दै उत्तर कोरिया
जेठ १५, २०८१ मंगलबार
विश्वकप वार्म-अप खेल : क्यानडासँग नेपाल पराजित
जेठ १५, २०८१ मंगलबार