गायिका समीक्षा अधिकारी भन्छिन्, ‘म लडाकु जस्तै लाग्छ’
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार ९:४९:३३
२५ फागुन, काठमाडौं । 'समीक्षा अधिकारी' चर्चित भर्सटायल गायिका हुन् । उनलाई नचिन्ने बिरलै होलान् । उनले गाइएका गीतहरू नगुन्गुनाउने, नसुन्ने र सुन्न नचाहने को होलान् ? सुरिलो स्वर र आकर्षक जीउडालकी गायिका अधिकारी एकजना नेपाली रंगमञ्चका कलाकारसँगको विवादले झन् चर्चित पनि छिन् । त्यही विवादका कारण उनले समय समयमा आफ्ना भावनाहरू सामाजिक सञ्जालमा कोरिरहन्छन् ।
शुक्रबार महिला दिवसको अवसरमा उनले आफ्नो फेसबुकमा लेख्छिन्, ‘यो लेख्दै गर्दा गाउँमा ममीले घाँस काट्दै हुनुहुन्छ होला । बिहान बेलुकीको घरधन्दा, गाईवस्तु र छोराछोरी । मेरो परिवारको धेरै ठूला सपनाहरु थिएनन्, छैनन् पनि । साँघुरो सपनाहरुबाट फैलिन चाहनु मेरो के गल्ति थियो र ? म त पखेटा फिँजाएर उड्न चाहन्थें। तर बतास बनि कतै उडाएर लैजान खोज्ने धेरै भेटिए ।’
उनी थप्छिन्, ‘समाज प्रतिको चेतना आएदेखि मलाई यो समाजले तँ नारी होस, छोरी भन्ने भान पटक पटक पर्यो । धेरै पटक मार्यो । तर पनि उठे। हिम्मत हारिन । हार्ने पनि छैन । आजभोलि त मलाई म लडाकु जस्तै लाग्छ । अन्याय जति सह्यो त्यति नै हेपिनु पर्दो रहेछ । त्यसैले अन्यायका विरुद्ध लड्ने तागत सम्पूर्ण महिलाहरूमा आफैँबाट आवोस भन्ने कामना र सुझाव सहित अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्ण दिदीबहिनी, आमा आन्टीहरुमा शुभकामना व्यक्त गर्दछु ।’
उनले सम्पूर्ण महिला दिदीबहिनीहरुलाई समाजमा हुने हरेक खाले भेदभाव विरुद्धको आवाज आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
लन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार