कांग्रेस नेतृत्वको समीकरणमा विभाजन उचितः एमाले
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार ११:५०:४५
२५ फागुन, काठमाडौं । नेकपा एमालेले सत्ता समीकरणमा आएको परिवर्तन सकारात्मक भएको बताएको छ । कांग्रेस नेतृत्वको गठबन्धनमा उचित समयमा विभाजन आएको एमालेको ठहर छ । उसले यो समीकरणमा सहभागी हुन अरु दललाई अपील पनि गरेको छ ।
पार्टीको सचिवालय बैठकले सत्ता समीकरण उचित समयमा परिवर्तन भएको र यसले देशका समस्या समाधान गर्ने निष्कर्ष निकालेको छ । यो परिवर्तनले जनतामा उत्साह जगाउने कुरामा सकारात्मक योगदान दिने एमालेको निचोड छ ।
मुलुकमा एक प्रकारको संकटको अवस्था सिर्जना भएको र त्यसलाई सकारात्मक दिशामा अघि बढाउने कुरामा जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउने हिसाबले एमालेका तर्फबाट सकारात्मक योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा यो गठबन्धन बनेको एमालेको भनाइ छ ।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले नयाँ समीकरणलाई फलदायी बनाउनुपर्ने बताए । जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउन यसले अनुकूलता सिर्जना गरेको पोखरेलले बताए ।
उनले नयाँ समीकरण फलदायी हुने अपेक्षा राखिएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारलाई समर्थन गर्न अरु दललाई पनि आग्रह गरिएको उनले जानकारी दिए । एमालेले महाधिवेशन प्रतिनिधि परिषदको बैठक आह्वान पनि गरेको छ । आगामी वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषदको बैठक बस्ने तय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
माटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार