मार्माका प्रमुख प्रशासकीय अधिकृत अधिकारीमाथि दुर्व्यवहार
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार १३:५९:३७
२५ फागुन, काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि दुर्व्यवहार भएको छ । बिहीबार राति प्रमुख प्रशासकीय अधिकृत अधिकारी सुतिरहेको समयमा अज्ञात समूहले आक्रमण गरेको हो ।
गाउँपालिका अध्यक्ष जमनसिंह धामीका अनुसार अधिकारी सुतिरहेको अवस्थामा राति करिब २ बजे एक्कासी झ्यालमा ढुंगाले हानेर आगजनी समेत गरिएको हो । घटनामा क्वार्टरमा भौतिक क्षति पुगे पनि मानवीय क्षति भएको छैन । त्यस विषयमा प्रहरी अनुसन्धान गरिरहेको अध्यक्ष धामीले बताए ।
घटनापछि प्रमुख प्रशासकीय अधिकृत अधिकारी झ्यालबाट हाम फालेर बाहिर निस्किन सफल भएका थिए । नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेर उनले ज्यान जोगाएको बताए । घटनामा संलग्नहरुको पहिचान हुन बाँकी छ । जिल्ला प्रहरी कार्यालयको टोली समेत पुगेर घटनाबारे अनुसन्धान थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार