आफ्नै छोराको हत्या आरोपमा बुवा र आमा पक्राउ
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार १४:१४:२३
२५ फागुन, वीरगञ्ज । वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा र आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शब निकालेर प्रहरीले ति बालकका बाबा आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सबितालाई प्रहरीले नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई नजिकको सिर्सिया नदि छेउको आर्यघाटमा खाल्डो खनेर गाडिएको अवस्थामा १२ वर्षीय दिलिप मण्डल धानुकको शब निकालेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
थापाका अनुसार प्रहरी तथा छिमेकीलाई समेत खबरै नगरी शब गाडेको हुँदा घटना शंकास्पद देखिएको छ । वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको सयुँक्त टोलीले आर्यघाटबाट शब निकालेको थापाले बताए ।
आमा–बुबाले बिहीबार घरकै एक कोठामा दिलिपलाई थुनेर ज्याला मजदुरीका लागि घरबाट निस्किएको छिमेकीले बताएका छन् । प्रहरी नायब उपरीक्षक थापाका अनुसार कामबाट बिहीबार साँझ घर फर्किदाँ दिलिप कोठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाह नदिई अटोरिक्सामा शव राखेर घाटमा लगेर गाडेको बुबा शम्भुले स्विकार गरेका छन् ।
दिलिप लागूपदार्थको कूलतमा फसेको र अरुको घरघरमै पसेर मोबाइल लगायतका सामान चोरेर हैरान पार्न थालेपछि आफुहरु कामका लागि बाहिर जाँदा दिलिपलाई कोठामै थुनेर जाने गरेको बुबा दिलिपले प्रहरीसमक्ष बयान दिएका छन् । दिलिपको शबलाई पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बालकको मृत्युको यकिन कारण खुल्ने र त्यसको आधारमा प्रहरी अगाडि बढ्ने प्रहरी नायब उपरीक्षक थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाडी दुर्घटनामा युवतीको मृत्यु, पाँच जना घाइते
जेठ १७, २०८१ बिहिबार
अवैध मुद्रासहित लेबनानका नागरिक पक्राउ
जेठ १७, २०८१ बिहिबार
भीमफेदी कार दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार