रेखाको बहुप्रतिष्ठित चलचित्र उपहारभित्र आशा
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार १४:२५:१७
२५ फागुन, काठमाडौं । अभिनय कलाले सबै दर्शकहरुलाई मन्त्रमुग्ध बनाउने अभिनेत्री आशा भुषालले चलचित्र क्षेत्रमा थप नयाँ उचाइ निर्माण गरेकी छन् । अभिनय नै जीवनको स्पष्ट लक्ष्य निर्धारण गरी अभिनय क्षेत्रमा प्रवेश गरेकी उनले नेपाली चलचित्र जगतको मल्टी स्टार चलचित्र ‘उपहार’मा आफ्नो स्थान पक्का गरेकी छन् ।
चर्चित अभिनेत्री रेखा थाले निर्माण गरेको चलचित्र उपहारमा समावेश हुन पाउन्' नेपाली अभिनेत्रीहरूका लागि गौरवको विषय हो । चलचित्र उपहारको सार्वजनिक प्रदर्शन हुँदै गर्दा त्यस चलचित्रबाट आउने दर्शकहरुको प्रतिक्रियाहरूको उनलाई प्रतीक्षा छ । चलचित्र उपहार आजबाट प्रदर्शन भएको छ ।
वरिष्ठ चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको चलचित्रमा आफूले फरक खालको अभिनय गर्न पाएकोमा आशा मख्ख छिन् । चलचित्रमा फरक खालको चरित्रमा अभिनय गर्न पाउनु उनको सौभाग्य पनि हो । चलचित्रमा रेखा थापा, मुकुन्द भुषाल, वेनिशा हमाल, पूजा शर्मा, सुष्मा कार्की लगायतका थुप्रै चर्चित कलाकारहरूको अभिनय रहेको छ । कलाकारितालाई अझै विस्तार गर्दै अघि बढ्दै आइरहेकी अभिनेत्री भुषालको मेहनत र अथक साधनाले चलचित्र कर्मीहरुबीच उनको परिचय फराकिलो बनेको छ । आफूलाई अभिनयको विधार्थी ठान्ने उनी नयाँ पुराना सबै खाले अभिनेताहरुबाट धेरै कुराहरू सिक्न पाएको बताउँछिन् ।
रेखा फिल्मस् र कपनगढी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र उपहारको कार्यकारी निर्माता बलराम शाही ठकुरी र निर्माता सुलभ प्रतिक र समिक्षा देउजा हुन् । चलचित्रमा विष्णु कल्पीतको छायाँकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ । आशा भुषालले चलचित्रका अगुवा थुप्रै टेलिचलचित्र, म्युजिक भिडियो, लघुचलचित्रहरुमा अभिनय गरिसकेकी छिन ।
मध्यम बर्गिय परिवारबाट चलचित्र क्षेत्रमा प्रवेश गरी आफूलाई स्थापित गर्नु चानचुने विषय होइन । दरिलो आत्मविश्वास र अधिक साधना उनको बलियो हतियार हो । उनी संकल्प गरिसकेपछि जस्तो सुकै हालतमा काम फत्ते गर्ने खुबी भएकी अभिनेत्री समेत हुन् । कुशल अभिनयका कारण थुप्रै चलचित्रहरूबाट उनले अर्वाड समेत प्राप्त गरिसकेकी छिन् । ‘नयाँ चलचित्र प्रदर्शन जति नजिकिदै जान्छ त्यति नै उत्सुकता बढ्दै जाँदो रहेछ । जसरी एउटी महिलाले ९ महिना कोखमा राखेर बच्चा जन्माउने दिनको प्रतीक्षामा आहादित हुन्छिन् त्यस्तै भएको छ मलाइ पनि’ उनले भनिन् । उत्साह र कौतुहल्ता थपिएको छ । उनी भन्छिन् 'मलाइ जस्तै छटपटी पक्कै दर्शकहरुलाई पनि भएको छ । पक्कै पनि फिल्म उहाँहरूले मन पराइदिनु हुनेछ भन्ने उनको अपेक्षा छ ।'
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार