महाशिवरात्रिको अवसरमा हेटौँडाको पशुपति मन्दिरमा पूजापाठ गर्नेको घुइँचो
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार १५:७:५८
२५ फागुन, बागमती । हिन्दूको महान् पर्व महाशिवरात्रि पर्वका अवसरमा हेटौँडामा रहेको पशुतिनाथ मन्दिरमा आज बिहानदेखि पूजापाठ गर्नेको घुइँचो लागेको छ ।
हेटौँडा–४ स्थित हुप्राचोरमा रहेको सो मन्दिरमा पूजापाठका विभिन्न सामग्रीसहित महिला, बालबालिका, वृद्धवृद्धा तथा पुरुष बिहानदेखि पूजा गर्न लाम लागेका छन् ।
कडा सुरक्षा व्यवस्था रहेको सो मन्दिरको एक किलोमिटर अगाडिदेखि दुईतर्फी पूजा गर्ने लाम लागेको छ । मन्दिरमा हेटौँडा बजारलगायत दुर्गम तथा ग्रामीण क्षेत्रका बासिन्दा आएका छन् ।
चोखो भई आजको दिन उपवास गरी शिवमन्दिरमा गएर बेलपत्र, धतुर, पुष्पमाला, फूल, अक्षत दूध तथा दही, तिललगायत मिष्ठान र फलफूल चढाउनाले सुख, समृद्धि तथा आरोग्य र दीर्घायु प्राप्त हुने जनविश्वास रहेको छ ।
मन्दिरमा भजन कीर्तनसमेत भइरहेको छ । आजको दिन हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानमा रहेको शिव मन्दिरका साथै हेटौँडाका अन्य शिव मन्दिरमा पूजा गर्नेको घुइँचो लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेला: 'नर बली' पछि मात्र हुन्छ पशु बली
कात्तिक २९, २०८१ बिहिबार
नयाँ धान प्रयोगमा ल्याइन ‘न्वागी’ पूजा गरिँदै
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
मिर्गौलापीडित वडाध्यक्ष साहको निधन
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुला दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, अन्य ६ घाइतेको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
पहाडी भागमा मौसम सफा रहने, तराईमा बाक्लो हुस्सु
कात्तिक ३०, २०८१ शुक्रबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक ३०, २०८१ शुक्रबार