दिवा खाजामा स्थानीय रैथाने बालीको परिकार समावेश
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार १५:२७:३६
२५ फागुन, बाजुरा । विगतका वर्षदेखि सञ्चालन गर्दै आएको विद्यार्थीका लागि दिवा खाजा कार्यक्रममा स्थानीय सरकारले स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको परिकार समावेश गर्न थालेका छन् ।
सरकारले दिएको पौष्टिक आहारमात्र नभई विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन भएको फापर, जौ, कोदोलगायतका रैथाने बालीको प्रवर्द्धनका लागि दिवा खाजामा समावेश गर्न थालिएको हो । जिल्लाको बडीमालिका नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजाका रूपमा कोदोलगायत अन्न बालीको परिकार बनाएर खुवाउन थालेको छ ।
नगरपालिकाले गाउँमै उत्पादन भएको रैथाने बालीको प्रवर्द्धन र पहिचान बढाउने गरी दिवा खाजामा समावेश गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख रङ्गमल विकले बताएका छन् । नगरपालिकाले नगरभित्रका प्रत्येक सामुदायिक विद्यालयमा विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन गरिएको कोदो, मकैलगायतका परिकार बनाएर खुवाउने गरेको उनले बताए ।
स्थानीयस्तरमा उत्पादन भएको रैथाने बालीलाई प्रवर्द्धन तथा प्रचार–प्रसार गर्ने गरी नगरपालिकाले सबै सामुदायिक विद्यालयमा हप्ताको एक दिन अनिवार्य कोदोजन्य परिकार खुवाउने नीति कार्यान्वयन भएको नगरप्रमुख अमर खड्काले बताएका छन् ।
सरकारले दिँदै आएको दिवा खाजालाई थप प्रभावकारी बनाउन र गाउँमै उत्पादन गरिएको कोदोको प्रवर्द्धन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा हप्ताको एक दिन कोदोलगायतका बालीको परिकार पकाएर खुवाउने गरेको नगरप्रमुख खड्काले राससलाई जानकारी दिए ।
रैथाने बालीको संरक्षण र बालबालिकालाई पौष्टिक आहार खुवाउने लक्ष्यसहित नगरले लिएको नीति अवलम्बन गरी नगरभित्रका २५ वटा सामुदायिक विद्यालयमा गाउँमा उत्पादन गरिएको रैथाने बाली कोदोको परिकार बनाउने गरिएको नगरपालिकाले जनाएको छ ।
प्रारम्भिक बालविकासदेखि कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकाले दिनको एकपटक दिउँसो खाजा सुविधा पाइरहेका छन् । बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन तथा विद्यालयमा विद्यार्थी छाडेर जाने र विद्यालयमा नआउने हुँदा सङ्ख्या बढाउनुका लागि सरकारले दिवा खाजा सञ्चालन गर्दै आएको छ ।
दिवा खाजा कार्यक्रमपछि विद्यालय छाड्नेको सङ्ख्यामा कमी र विद्यार्थीले नियमितरूपमा विद्यालय आउने गरेको कालिका आधारभूत विद्यालयका शिक्षक जङ्ग विकले बताएका छन् । कतिपय विद्यार्थीले बीचमै पढाइ छोड्ने, विद्यालयमा भर्ना भए पनि कम मात्रामा विद्यालय आउने र विद्यार्थीको सङ्ख्या दर घट्दै जाने गरेकाले दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई आकर्षण गर्दै आएको बताए । दिवा खाजा कार्यक्रमले विद्यार्थी निरन्तर विद्यालयमा आउने बानीको विकास भएको र विद्यार्थीको अनुपस्थित दर घटेको उनले सुनाए ।
नगरपालिकाले सबै सामुदायिक विद्यालयमा बालबालिकालाई माघ २० गतेदेखि नै कोदो, फापर, मकैलगायतका खाद्यान्नको परिकारको दिवा खाजा बनाएर खुवाउने गरेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक बलबहादुर रोकायले बताएका छन् । रैथाने बालीको प्रवर्द्धन तथा बढावा दिन, प्रचार प्रसार र उपयोगिता बारेमा जानकारी गराउने उद्देश्यसहित सञ्चालन गरिएको शाखा प्रमुख प्रेम बहादुर महतले बताएका छन् ।
उनले २५ वटै विद्यालयमा चिनी, घ्यु र कोदोको हलुवा बनाएर हप्तामा एक दिन विद्यार्थीलाई खुवाउने कार्यक्रम रहेको कृषि शाखा प्रमुख महतको भनाइ छ । बडीमालिका नगरपालिकाका २५ वटा सामुदायिक विद्यालयका दुई हजार आठ सय ५८ बालबालिकाले दिवा खाजा खाइरहेका छन् । रैथाने बालीको दिवा खाजा कार्यक्रमका लागि रु दुई लाख ७५ हजारको बजेट छुट्याएको कृषि शाखा प्रमुख महतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या
पुष १४, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार