युएई हिँडेका तीन महिला फर्काइए, एजेन्ट हिरासतमा
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार १५:३३:२८
२५ फागुन, काठमाडौं । भिजिट भिसामा यूएई जान लागेको अवस्थामा विमानस्थल प्रहरीले ३ जना महिलालाई विमानस्थलबाट फर्काएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार सोधपुछपछि शंकास्पद देखिएकाले एजेन्टलाई बोलाएर उनीहरुलाई फर्काइएको हो ।
एजेन्ट भविलाल थापालाई प्रहरीले हिरासतमा राखेर सोधपुछ सुरु गरेको छ । भिजिट भिसामा जान लागेका तेह्रथुमकी नेत्रकुमारी गुरुङ, अर्घाखाँचीकी हरि उपाध्याय, चितवनका दुर्गा श्रेष्ठलाई भने फिर्ता पठाइएको छ । एजेन्टको मोबाइलबाट विगतमा पनि उनले पैसा उठाएर भिजिट भिसामा पठाउने गरेको प्रमाणहरू भेटिएको प्रहरीले जनाएको छ ।
केही समय अघि भिजिट भिसामा नेपालीलाई पैसा उठाएर विदेश पठाउने गरेको अभियोगमा अध्यागमनका नौ अधिकृतसहितलाई प्रहरीले मुद्दा चलाएको थियो । सोधपुछका क्रममा शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछि फर्काइएको हो ।
पक्राउ परेका थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ । प्रहरीका अनुसार, भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोह नै सक्रिय छ । सजिलै काम पाइने प्रलोभनमा विदेश लगेर अलपत्र पार्न गरिएको भेटिएपछि प्रहरी जाँचमा कडाइ गरेको छ ।
रसियन सेनामा जाने कतिपय नेपालीलाई पनि एजेन्टले भिजिट भिसामा दुबई लगेर त्यहाँबाट मस्को पठाएको अनुसन्धानबाट देखिएको थियो । घरेलु कामदारको रुपमा काममा लगाउन प्रतिव्यक्ति २ लाख रुपैयाँ लिएर एजेन्टले दुबई पठाउन लागेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार