अमेरिकी अर्थव्यवस्था र आप्रवासनको अवस्थामा सुधार आएको राष्ट्रपति बाइडेनको दावी
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार १६:१:३४
२५ फागुन, एएफपी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संयुक्त सदनमा आफ्नो वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा नोभेम्बरमा हुने निर्वाचनमा आफ्ना सम्भावित प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पमाथि कडा प्रहार गर्दै मुद्रास्फीति र आप्रवासनजस्ता विषयमा आफूले हासिल गरेका उपलब्धिको प्रशंसा गरेका छन् ।
“मेरा पूर्ववर्तीबाट मैले अमेरिकी अर्थव्यवस्थालाई सङ्कट उन्मुख अवस्थामा सम्हालेको थिए । अहिले हाम्रो अर्थतन्त्र संसारको ईर्ष्याकाे बिषय बनेको छ”, बाइडेनले अमेरिकी अर्थव्यवस्था सुधारोन्मुख रहेको बताउँदै भने, “ज्याला बढ्दै जान्छ र मुद्रास्फीति घट्दै जान्छ !”
स्टेट अफ द युनियनको सम्बोधनका क्रममा बाइडेनले मतदातालाई आफ्नो नीति सफल भएको विश्वास दिलाउने प्रयास गरेका थिए । सम्बोधनमा उनले उनले ट्रम्पको नाम उल्लेख नगरी निरन्तर उनको आलोचना गर्दै ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालको आवश्यकता पुष्टि गरेका थिए । उनले आफ्नो प्रशासनले गरेका राम्रा कामको खुलेर प्रशंसा गरेका थिए ।
महिनौंसम्म बाइडेनको अनुमोदन दर ४० प्रतिशतभन्दा कम रहेको अवस्थामा उनको टिप्पणी अझै पनि उच्च मूल्य, अनिश्चित अर्थतन्त्र, सीमा सङ्कट र भूराजनीतिक द्वन्द्वलगायतका कारण निराश भएका अधिकांश अमेरिकासँग मेल नखाने सम्भावना छ ।
तर ग्यालोपले हालै गरेको एक सर्वेक्षण अनुसार ४५ प्रतिशत अमेरिकीले देशको वर्तमान आर्थिक अवस्थालाई खराब ठान्छन्, एक चौथाइभन्दा बढीले मात्र अवस्थालाई सन्तोषप्रद ठान्छन् । पाँच प्रतिशतभन्दा बढीले मात्र अवस्थालाई उत्कृष्ट ठान्छन् भने २२ प्रतिशतले राम्रो ठान्छन् र अन्य २९ प्रतिशतले स्वाभाविक 'न्यायोचित' भएको विश्वास गर्छन् ।
मुद्रास्फीतिले बहुसङ्ख्यक अमेरिकीहरूलाई प्रभावित गरिरहेको सर्वेक्षणले देखाएको छ, जसमा १७ प्रतिशतले उनीहरूको जीवनस्तर कायम राख्ने क्षमतामा असर पार्ने ‘गम्भीर’ कठिनाइ भएको बताएका छन् भने ४६ प्रतिशतले यसलाई ‘मध्यम’ कठिनाइ भएको बताएका छन् ।
आफ्नो भाषणमा बाइडेनले आफ्नो टोलीले दुवै दलका सिनेटरहरूसँग वार्ता गरेको र सीमा सुरक्षा सुधारको ‘सबैभन्दा कठिन’ द्वि दलीय समर्थन रहेको विधेयकको नेतृत्व गरेको बताए । उनको यो टिप्पणीलाई त्यहाँ उपस्थित रिपब्लिकन सांसदहरूले चर्को स्वरमा आलोचना गरेका थिए । रिपब्लिकनहरूले हालैको सीमा सम्झौतालाई कठिन कार्य नभएको बताएका थिए ।
अलाबामाका रिपब्लिकन सिनेटर केटी ब्रिटले बिहीबार राति बाइडेनको सम्बोधनमा रिपब्लिकनको औपचारिक प्रतिक्रिया दिँदै राष्ट्रपतिले सीमा सङ्कट सिर्जना गरेको र ‘अपराधीलाई विश्वासमा’ लिने र भोट बैङ्क सुरक्षित गर्ने प्रयास गरेको बताए ।
ब्लुमबर्ग न्यूज र मर्निङ कन्सल्टको हालैको सर्वेक्षणअनुसार अमेरिका–मेक्सिको सीमामा आप्रवासीको सङ्ख्यामा भएको वृद्धिका लागि बाइडेनले जिम्मेवारी वहन गरेको १० मध्ये छ जनाले बताएका छन् । यो सीमा क्षेत्रमा दुबै दलको राजनीतिक प्रभाव बराबरी रहेको मानिन्छ ।
युक्रेन र रूसबीच लामो समयदेखि जारी द्वन्द्वका बीच राष्ट्रपति बाइडेनले युक्रेनलाई निरन्तर अमेरिकी सैन्य सहायताका साथै गाजामा इजरायली हवाई तथा स्थल आक्रमणजारी रहेका कारण प्यालेस्टिनी नागरिकले भोग्नुपरेको मानवीय सङ्कट दिन प्रतिदिन भयावह बन्दै गएको भन्दै सांसदहरू निराश हुँदै गएका बेला उक्त सम्बोधन गरेका छन् ।
इजरायली र प्यालेस्टिनीबीचको द्वन्द्वबारे बाइडेनको व्यवस्थापन र अमेरिकी अडानबारे युवा मतदाता रूष्ट देखिएका सर्वेक्षणले देखाएको छ । युवा अमेरिकीहरू विशेष गरी आलोचनात्मक छन्, इजरायलको कारबाही र गाजा द्वन्द्वमा अमेरिकी प्रशासनको व्यवस्थापन दुवैप्रति असन्तोष व्यक्त गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार