‘शैतान’को डरले बक्स अफिस काँप्यो, पहिलो दिन नोटको वर्षा
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार १७:१७:५०
२५ फागुन, काठमाडौं । बलिउड स्टार अजय देवगन र आर माधवनको फिल्म ‘शैतान’ ले रिलिज हुनेबित्तिकै हलचल मच्चाएको छ । शुक्रबार अर्थात चैत ८ गते महाशिवरात्रिको अवसरमा रिलिज भएको यो चलचित्रले पहिलो दिन राम्रो प्रतिक्रिया पाएको छ । अजयका फ्यानहरु लामो समयदेखि फिल्म ‘शैतान’ को प्रतिक्षामा थिए ।
‘शैतान’ले अग्रिम बुकिङमा नै निकै राम्रो कलेक्सन गरेको थियो र अहिले रिलिजपछि पनि धुम मच्चिरहेको छ । सकनिल्कका अनुसार ‘शैतान’ले अग्रिम बुकिङमा नै ४ करोड १४ लाख नोट सङ्कलन गरेको र अहिले पहिलो दिनको सङ्कलनको प्रारम्भिक तथ्याङ्क पनि बाहिरिएको छ । ओपनिङ डे रिपोर्टका अनुसार ‘शैतान’ले अहिलेसम्म ४.४८ करोडको व्यापार गरेको छ । यद्यपि, यी प्रारम्भिक तथ्याङ्क हुन् जुन अन्तिम तथ्याङ्कमा बढ्न सक्छ।
अजय देवगन र आर माधवन स्टारर फिल्म ‘शैतान’ गुजराती फिल्म ‘वश’ बाट प्रेरित हो । फिल्ममा अजय देवगनको क्यारेक्टर कबीर आफ्नो परिवारसँग छुट्टी मनाउन फार्महाउस जान्छ। बाटोमा उनीहरू एउटा ढाबामा चिया खान रोक्छन् र त्यही क्रममा वनराज (आर माधवन) भेट्छन्। कबीर र उसको परिवारले त्यो अपरिचित व्यक्तिसँग मित्रता बन्छ र उसलाई आफ्नो फार्म हाउसमा ठाउँ दिन्छ। यो गल्ती उनीहरुका लागि सबैभन्दा ठूलो समस्या बन्न पुग्छ ।
पानोरमा स्टुडियो र जियो स्टुडियोको ब्यानरमा बनेको फिल्म ‘शैतान’लाई विक्रम बहलले निर्देशन गरेका हुन् । फिल्मलाई अजय देवगन आफैंले निर्माण गरेका हुन् । फिल्मको स्टार कास्टको कुरा गर्दा अजय देवगन र आर माधवनका अलावा जानकी बोडिवाला र ज्योतिका पनि फिल्ममा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
शिल्पा शेट्टीका पति राज कुन्द्रा आज ईडीमा उपस्थित हुने
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार