बैंक तथा वित्तीय संस्थामा ६१ खर्ब ३१ अर्बमाथि पुग्यो निक्षेप
नेपालबहस संवाददाता
फागुन २६, २०८० शनिबार १४:२५:३२
२४ फागुन, काठमाडौं । यो वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा ६१ खर्ब ३१ अर्बभन्दा माथि निक्षेप जम्मा भएको छ । त्यस यता माघ र फागुनको निक्षेप गणना भएको छैन । वार्षिक रुपमा हेर्ने हो भन्दै ७ खर्ब निक्षेप गत वर्षभन्दा थपिएको छ । नेपाल राष्ट्र बैंकले अधिक तरलता जम्मा भएको भन्दै बजारबाट निक्षेप तानिरहेको छ ।
बिहीबार मात्र बजारबाट ५० अर्ब तानेको राष्ट्र बैंकले बैंकिङ प्रणालीमा एक वर्षको अवधिमा ७ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप थपिएको जनाएको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा कुल ६१ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थामा कुल ५३ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप थियो । एक वर्षमा कुल ७ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ७ खर्ब १२ अर्ब रूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो ।
यस्तै विकास बैंकहरुको कुल निक्षेप ५ खर्ब ८४ अर्ब रुपैयाँ र फाइनान्स कम्पनीहरूको निक्षेप १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । लगानी गर्ने वातावरण नभएको भन्दै कर्जा लगानी नभएपछि निक्षेप बैंकमा राखेर ब्याज खानेहरूको संख्या बढिरहेको छ ।
राष्ट्र बैंकले जनाए अनुसार बैंकिङ क्षेत्रमा निक्षेप खाताको संख्या ५ करोड ३५ लाख माथि पुगेको छ । जुन गत आर्थिक वर्षको भन्दा ५२ लाख २५ हजारले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड ८३ लाख २४ हजार निक्षेप खाता सञ्चालनमा थिए ।
पुष मसान्तसम्ममा वाणिज्य बैंकमा ४ करोड ५९ लाख ११ हजार ४२ वटा, विकास बैंकमा ६८ लाख २ हजार ५७० वटा र फाइनान्स कम्पनीमा ८ लाख ३६ हजार ६९४ वटा निक्षेप खाता संचालनमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार