प्रधानमन्त्रीले ३० गते विश्वासको मत लिने, सांसदलाई ह्वीप लगाइयो
नेपालबहस संवाददाता
फागुन २६, २०८० शनिबार २०:५५:२५
२६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० मा विश्वासको मत लिने भएका छन् । फागुन २२ गते कांग्रेससँगको सत्ता सहकार्य तोडेर एमाले र रास्वपालाई सरकारमा भित्र्याएका दाहालले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका छन् ।
विश्वासको मत लिने विषयमा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायतका सत्ता साझेदार दलहरूसँग छलफल गर्ने बताइएको छ । उनले संसदीय दलको शनिबार बसेको बैठकमा फागुन ३० मा विश्वासको मत लिनका लागि साझेदार दलहरूसँग छलफल चलाइरहेको जानकारी दिएका थिए ।
यसैबिच नेकपा माओवादीका सांसदलाई ह्वीप जारी गरिएको छ । शनिबार सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकबाट ह्वीप जारी गरिएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन र राष्ट्रियसभा अध्यक्षको निर्वाचनका बेला अनिवार्य उपस्थितिका निम्ति ह्वीप जारी गरिएको उनले बताए
सत्तारूढ गठबन्धनमा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी १५१ सांसद छन् । यसबीचमा सत्तारूढ गठबन्धनको प्रमुख घटक एमालेले अन्य राजनीतिक दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको छ भने प्रधानमन्त्रीले पनि सरकार अन्य दलहरूलाई सहभागी गराउन छलफल गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार